लमजुङको बाहुनडाँडास्थित सोह्रौँ शताब्दीको देवीको मन्दिर पुनर्निर्माण

इ चितवन खबर

April 24, 2025

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको गाउँ लमजुङको बाहुनडाँडामा भूकम्पले भत्काएको ऐतिहासिक तथा धार्मिक महत्वको मन्दिरको पुनर्निर्माण गरिएको छ । देश विदेशमा चन्दा सङ्कलन गरेर स्थानीयले मन्दिरको पुनर्निर्माण गरेका हुन् ।


मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा रहेको देवी मन्दिर पुनर्निर्माणका लागि स्थानीयले देश विदेशमा रहेका नेपालीबाट करिब ६० लाख रुपियाँ सङ्कलन गरेका थिए । १६ औँ शताब्दीमा निर्माण भएको अनुमान गरिएको यो मन्दिर २०७२ सालको भूकम्पमा भत्किएको थियो । मन्दिर भत्किएपछि २०८० सालमा स्थानीय मनिप्रसाद गुरुङको अध्यक्षतामा देवीथान संरक्षण समिति बनाइएको थियो । समितिले देवीथान मन्दिरमा आस्था राख्ने देश विदेशमा रहेका नेपालीसँग चन्दा सङ्कलन गरेर पुनर्निर्माण सम्भव भएको गुरुङले बताउनुभयो ।

 

समितिका कोषाध्यक्ष विनोद गुरुङका अनुसार मन्दिरको पुनर्निर्माणका लागि ३८५ जनाले आर्थिक सहयोग गरेका छन् । मन्दिर निर्माणमा अहिलेसम्म ६० लाखभन्दा बढी खर्च भएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले नवनिर्मित मन्दिरको उद्घाटन गर्दै इतिहासको संरक्षण गर्दै धार्मिक पर्यटनको विकास गर्न प्रदेश सरकारले सहयोग गर्दै आएको बताउनुभयो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मन्दिरका थप संरचना निर्माण र प्रचारका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । समितिका सचिव विष्णुराज घिमिरेले पुनर्निर्माण भएको मन्दिरलाई पर्यटनसँग जोडेर यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गर्ने बताउनुभयो ।

 

तत्कालीन पुस्तुन बाहुनडाँडामा विसं १५१० मा जन्मिनुभएका कुश्माखर घिमिरेले मन्दिर निर्माण गरेको इतिहास छ । घिमिरे लमजुङमा यशोब्रह्म शाहलाई राजा स्थापना गरी शाहवंशीय राज्यको प्रादुर्भाव गराउने योजनाकारमध्ये एक हुनुहुन्थ्यो । देवीको मन्दिरको उत्खननका क्रममा विसं १८२५ का अभिलेखहरू भेटिएको देवीथान संरक्षण समितिका सल्लाहकार कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा विभिन्न स्थानबाट आएका ऋषि तथा योगीले तपस्या गरेको इतिहास पनि भेटिएका छन् ।

 

समितिका सल्लाहकार इन्जिनियर हेमनाथ घिमिरे पनि प्राप्त अभिलेख तथा किंवदन्तीका आधारमा कुश्माखर घिमिरेले नै स्थापना गरेको मान्न सकिने बताउनुहुन्छ । पुरानो देवीथान मन्दिरको २०४६ सालमा भारतीय सेनामा कार्यरत स्थानीय खुसबहादुर गुरुङले जीर्णोद्धार गर्नुभएको थियो ।
चितवनबाट मन्दिर उद्घाटनका लागी चितवनलगायत बिभिन्न ठाउबाट स्थानीय पुख्यौली भएका ब्यक्तिहरूको पनि उपस्थिति थियो    ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( १००% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

April 30, 2026

सुनचाँदीको मूल्यमा केही गिरावट

April 30, 2026

निजी विद्यालयको शुल्कबारे रोकिएन गुनासो, सहायता कक्षमा घन्टामै पचास फोन !

April 29, 2026

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

April 29, 2026

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

April 29, 2026

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र

April 28, 2026

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

April 28, 2026

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

April 27, 2026

राज्यको नीतिका कारण रियल स्टेट व्यवसायीको आत्मबल कमजोर : अशोक बिष्ट

April 27, 2026

शान्ति र सद्भावका लागि ५० भन्दा बढी व्यक्तित्वहरू 'साइन अफ पिस अवार्ड' बाट सम्मानित

April 26, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .