अस्पतालमा मुख्यमन्त्रीदेखि स्वास्थ्य मन्त्रीसहितको छड्के अनुगमन

इ चितवन खबर

April 28, 2025

भक्तपुर।  विना स्वीकृति सञ्चालन गरेको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा, स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य सचिव डा सुमीत्रा गौतमसहितको टोलीले छड्के अनुगमन गरेको छ । 
 
 
अनुमति विपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थाको सुधारका लागि  अनुगमन अभियान सुरु गर्ने क्रममा आज भक्तपुरको मनोहरादेखि पेप्सीकोलासम्मका स्वास्थ्य संस्थाको अनुगमन गर्दै उक्त टोली मदरल्याण्ड अस्पताल पुगेको थियो ।
 
 
बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालित सबै स्वास्थ्य संस्थाको अनुगमनलाई तीव्रता बढाएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिनुभयो । विसं २०६५ मा जिल्ला स्वास्थ्य कार्यालय र विसं २०६८ मा स्थानीय तहबाट १५ शैय्याको स्वीकृत लिएर हाल ५५ शैय्यामा सञ्चालन गरिरहेको अस्पतालमा मुख्यमन्त्रीको टोली प्रवेश गरेपछि अस्पताल सञ्चालकले अनुमतिपत्र देखाउन सकेनन् ।
 
 
अवैध रुपमा जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै अनुमति नलिइ अस्पताल सञ्चालन गरेको पाइएपछि मुख्यमन्त्री नेतृत्वको टोलीले तत्काल स्वीकृति लिएर  अस्पताल सञ्चालन गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले स्वास्थ्य संस्थालाई पारदर्शी बनाउन दर्ता, नवीकरण गर्न तीन महिनाको समय दिएर सूचना प्रकाशन गर्दा दर्ताका लागि आवदेन नदिएका स्वास्थ्य संस्थामा अनुगमन गरिएको बताउनुभयो । 
 
 
अद्यावधिक नगरी सेवा सञ्चालन गरेको पाइएमा खारेजीसम्मको कारबाहही गरिने मुख्यमन्त्री लामाले बताउनुभयो । अनुगमनका क्रममा बागमती प्रदेशका मन्त्री किरण थापाले प्रदेश सरकारसँग अनुमति नलिई १५ शैय्याभन्दा माथिको कुनै पनि सेवा सञ्चालन नगर्न निर्देशन दिनुभयो । 
 
 
अनुगमनमा बागमती प्रदेश स्वास्थ्य सचिव डा सुमीत्रा गौतमले कुनै संस्था दर्ता तथा नवीकरणका लागि कुनै व्यक्तिलाई अब कमिसन वा कुनै अतिरिक्त रकम तिर्न नपर्ने बताउँदै विना झण्झट संस्था दर्ता तथा नवीकरणका लागि अनलाइन प्रणाली सुरु गरेको बताउनुभयो । 
 
 
उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा कुनै अनियमितता नहोस् भनेर सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन अनलाइन प्रणाली लागू गरिएको छ । अब स्वीकृत लिएर मात्रै अस्पताल, स्वास्थ्य संस्था, क्लिनिक वा औषधि पसल सञ्चालन गर्न आह्वान गर्दछु ।”
 
 
मदरल्याण्ड अस्पतालका सञ्चालक प्रा डा  करवीर नाथ योगीले निर्देशनलाई पालना गर्ने प्रतिबद्धता जनाउनुभयो ।अस्पतालले बिरामीबाट उठाएको विभिन्न शुल्क आफ्नो खातामा जम्मा गरी अपचलन गरेको र सरकारलाई तिर्नुपर्ने राजस्व छलि गरेको पाइएको छ ।

 


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

June 23, 2026

सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो

June 19, 2026

नेपाली औषधि कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

June 17, 2026

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

June 14, 2026

सरकारी अस्पतालमा बिरामीका भार

June 12, 2026

रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने

June 11, 2026

‘औषधिको गुणस्तरमा भिन्नता छैन’

June 10, 2026

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

June 08, 2026

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

May 27, 2026

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन

May 27, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .