इ चितवन खबर
May 01, 2025
काठमाडौँ। चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने अभिनेता विपिन कार्कीले बताउनुभएको छ । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता कार्कीले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गीतसङ्गीतझैँ सरल र सहज कथामा चलचित्र बनेको छ । यसले दुई दशक अगाडिको समयमा फर्काउँछ र त्यसबेलाको एउटा ग्रामीण परिवेशसँग परिचित गराउँछ । यो चलचित्र हेर्नेसँगै अनुभूति गर्ने किसिमको बनेको छ ।”
उहाँले पछिल्लो समय आइरहेका भन्दा नितान्त भिन्न भूमिकामा आफू चलचित्रमा देखिने बताउनुभयो । उक्त चलचित्रका निर्देशक नवीन चौहानले चलचित्रमार्फत आफूले कल्पना गरेको संसारलाई दर्शकसम्म पु¥याउन लागेको बताउनुभयो ।
“मैले सोचेको एउटा संसारलाई चलचित्रको पर्दामा ल्याएको छु । यो पात्र र यहाँको परिवेश मेरो कल्पना र यथार्थ हुन् । गीतसङ्गीतमार्फत् कथा भन्दै गर्दा यसपटक ठूलो पर्दामा आएका छौँ”, उहाँले भन्नुभयो ।
पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको चलचित्रमा अभिनेता कार्कीसँगै अभिनेत्री मिरुना मगर, परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारले अभिनय गर्नुभएको छ । अभिनेत्री मगरले उक्त चलचित्रमा आँखालाई शीतलता, कानलाई कर्णप्रिय सङ्गीतसहित पाँचथरको एक समाजको कथालाई देखाइएको बताउनुभयो ।
“बाल्यकाल नै विदेशमा बितेकाले होलो, यसपटक छुटै संसारमा बाच्न पाएँ । मैले आफ्नो ‘पात्र’अनुसारको भूमिका सफलतापूर्वक पूरा गरेकी छु । चलचित्रले गुरुङ–मगर र बाह्मण समुदायको संस्कृति र आपसी सद्भावलाई झल्काउने कोशिस गरेको छ ।” अभिनेत्री मगरले भन्नुभयो ।
उक्त चलचित्रमा गीतसङ्गीत निर्देशकको भूमिका गायक सुजन चापागाईंले निर्वाह गर्नुभएको छ । उहाँले चलचित्रमा काम गर्दा नयाँ अनुभव सङ्गालेको बताउनुभयो । निर्माण पक्षका अनुसार यही वैशाख २६ मा नेपालसहित विदेशमा समेत सो चलचित्र प्रदर्शन हुनेछ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 15, 2026
May 10, 2026
May 02, 2026
April 09, 2026
March 17, 2026
February 02, 2026
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .