इ चितवन खबर
May 03, 2025
काठमाडौं । चलचित्र निर्देशक शंकर कार्की सम्मानित भएका छन्। नेपाली चलचित्र क्षेत्रमा उहाँले पुर्याएको योगदानलाई उच्च मूल्यांकन गर्दै सम्मान गरेको हो। निर्देशक कार्कीलाई यस वर्ष दुई महत्वपूर्ण पुरस्कारले सम्मान गरेको छ ।
चलचित्र निर्देशक संघ नेपालको रजत जयन्ती समारोहको अवसरमा कार्कीलाई वन तथा वातावरण मन्त्री माननीय येन बहादुर शाही ठकुरीबाट सम्मानपत्र प्रदान गरिएको थियो।
त्यसपछि कार्कीले ९औं National Capital Awards समारोहमा सर्वोत्कृष्ट चलचित्र निर्देशक पुरस्कार प्राप्त गरे। उक्त कार्यक्रम नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको थियो। चलचित्र निर्देशक कार्कीले पुरस्कार प्रतिनिधिसभाका उपसभामुख माननीय इन्द्र राणाबाट प्रदान गरिएको थियो।
फिल्म अध्ययनमा स्नातक गरेका चलचित्र निर्देशक कार्कीले फिचर फिल्म, डकुमेन्ट्री, टिभी कमर्सियल, वेब सिरिज, म्युजिक भिडियो लगायतका थुप्रै अडियोभिजुअल परियोजनाहरूमा निर्देशन गरेका छन्। राष्ट्रिय परियोजनाहरू मात्र नभई, उनले Hilton Hotels, Adidas जस्ता विश्वप्रसिद्ध ब्रान्डका विज्ञापनहरू, चिनियाँ वार्डरोब परियोजना, साथै Discovery Channel, BBC, र FX Network जस्ता अन्तर्राष्ट्रिय संस्था सँग पनि सहकार्य गरेका छन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 24, 2026
June 24, 2026
June 20, 2026
June 16, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
May 15, 2026
May 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .