इ चितवन खबर
May 03, 2025
काठमाडौं । चलचित्र निर्देशक शंकर कार्की सम्मानित भएका छन्। नेपाली चलचित्र क्षेत्रमा उहाँले पुर्याएको योगदानलाई उच्च मूल्यांकन गर्दै सम्मान गरेको हो। निर्देशक कार्कीलाई यस वर्ष दुई महत्वपूर्ण पुरस्कारले सम्मान गरेको छ ।
चलचित्र निर्देशक संघ नेपालको रजत जयन्ती समारोहको अवसरमा कार्कीलाई वन तथा वातावरण मन्त्री माननीय येन बहादुर शाही ठकुरीबाट सम्मानपत्र प्रदान गरिएको थियो।
त्यसपछि कार्कीले ९औं National Capital Awards समारोहमा सर्वोत्कृष्ट चलचित्र निर्देशक पुरस्कार प्राप्त गरे। उक्त कार्यक्रम नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको थियो। चलचित्र निर्देशक कार्कीले पुरस्कार प्रतिनिधिसभाका उपसभामुख माननीय इन्द्र राणाबाट प्रदान गरिएको थियो।
फिल्म अध्ययनमा स्नातक गरेका चलचित्र निर्देशक कार्कीले फिचर फिल्म, डकुमेन्ट्री, टिभी कमर्सियल, वेब सिरिज, म्युजिक भिडियो लगायतका थुप्रै अडियोभिजुअल परियोजनाहरूमा निर्देशन गरेका छन्। राष्ट्रिय परियोजनाहरू मात्र नभई, उनले Hilton Hotels, Adidas जस्ता विश्वप्रसिद्ध ब्रान्डका विज्ञापनहरू, चिनियाँ वार्डरोब परियोजना, साथै Discovery Channel, BBC, र FX Network जस्ता अन्तर्राष्ट्रिय संस्था सँग पनि सहकार्य गरेका छन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 06, 2025
June 02, 2025
May 30, 2025
May 29, 2025
May 28, 2025
May 23, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .