इ चितवन खबर
May 04, 2025
चितवन । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)को चितवन च्याप्टरको नयाँ कार्यसमिति गठन भएको छ । एनभिएका केन्द्रीय अध्यक्ष ई. सन्जय महतोको प्रमुख अतिथ्यामा सम्पन्न पाँचौ साधारणसभा तथा चौथौ अधिवेशनबाट इन्जिनियर सन्जय न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।
कार्यसमितिको सचिवमा ई. लोमस अधिकारी र उपसचिवमा ई.आशिष काफ्लेले जिम्मेवारी पाएका छन् भने प्रथम उपाध्यक्षमा ई. सुमन कोइराला, दोस्रो उपाध्यक्षमा ई. ईश्वरमान श्रेष्ठ, कोषाध्यक्षमा ई.सन्तोष तिमिल्सिना निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा ई.उमेश ढकाल,ई.कपिल अधिकारी, ई.सरोज रिजाल, ई.अनन्त शर्मा र ई. विजय ढुंगाना निर्वाचित भएका छन् ।एनभिए नेपालका व्यावसायिक मूल्याङ्कनकर्ताहरूको छाता संगठन हो । २०६८ मा नेपालको “संगठन दर्ता ऐन २०३४ बी.एस.“ अन्तर्गत स्थापित भएको यस संस्थाको मूल्याङ्कन पेशाको सुदृढीकरण र प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । यो मूल्याङ्कनकर्ताहरूको समूहद्वारा स्थापित देशको पहिलो स्वैच्छिक मूल्याङ्कनकर्ता संस्था हो।
Happy ( २५% )
Sad ( २५% )
Surprised ( ५०% )
Excited ( ०% )
Angry ( ०% )
June 16, 2025
June 14, 2025
June 14, 2025
June 14, 2025
June 14, 2025
June 13, 2025
June 13, 2025
June 12, 2025
June 12, 2025
June 11, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .