इ चितवन खबर
May 04, 2025
काठमाडौं । स्वानिका बास्तोलाको निर्देशनमा बनेको नेपाली शिरियल "मुल घर" ले प्रदर्शन सुरु गरेको छ। शिरियल "मुल घर" छोटो समयमै युट्युबमा दर्शकहरूको मन जित्न सफल पनि भएको छ । शिरियलमा चर्चित कलाकारहरूको सहभागिता रहेको छ ।
गाउँघरमा हुने मुखिया तथा काजीको दमन, शोषण, पारिवारीक कलह, धनी र गरिब बिचको प्रेमको ब्यथा र परिवेशलाई आधार बनाएर एउटा मार्मिक कथा प्रस्तुत गरेको छ । यसको कथावस्तु, चरित्र चित्रण, र दृश्य संयोजनले छोटो समयमै दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । निर्देशक बास्तोलाले यस शिरियलमा नेपाली समाजको परम्परागत मूल्यहरूलाई समकालीन शैलीमा प्रस्तुत गरेकी छन्। शिरियल "मुल घर" हाल प्रत्येक हप्ता बुधबार साझ ८ बजे मुलघर अफिसियल युटुयुब च्यानलबाट प्रसारण हुदै आएको छ ।
शिरियल "मुल घर" का चर्चित कलाकारहरु विनोद श्रेष्ठ , स्वानिका बास्तोला, सुमित्रा अधिकारी, आरजे सिं ठकुरीको सशक्त भुमिका रहेका छन भने नेगेटिभ भुमिकामा मोहन कृष्ण श्रेष्ठ र छुच्ची बुहारीमा छाया भुजेल को राम्रो अभिनय रहेको छ । साथै अन्य कलाकारहरुमा राम बुढाथोकी , सुपा खनाल, मीना जी सी , दिप शेर्पाली , नारायण खाती , रीमा दाहाल, प्रभु श्रेष्ठ, अभि श्रेष्ठ को अभिनय तारिफयोग्य छन ।
गीतको शब्दमा लोकराज अघिकारी , संगीतकार योगेश काजी शाह , सुरज खत्री रहेका छन भने स्वर सदिक्षा कटेलको रहेको छ । शिरियल "मुल घर" का सम्पादकमा दिप श्रीर्पाली र छायांकनमा देव श्रीर्पाली रहेका छन भने निमार्ता, निर्देशक तथा लेखन स्वनिका बास्तोलाको रहेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
December 14, 2025
November 12, 2025
October 31, 2025
October 28, 2025
October 28, 2025
October 25, 2025
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .