नेपाल इन्जिनियर्स एसोसिएसन, बागमती प्रदेशद्वारा भवन संहिता कार्यान्वयन सम्बन्धी सेमिनार सम्पन्न

इ चितवन खबर

May 11, 2025

चितवन । नेपाल इन्जिनियर्स एसोसिएसन, बागमती प्रदेशले “नेपाल राष्ट्रिय भवन संहिता: कार्यान्वयन तथा वर्तमान अवस्था”
विषयक विशेष सेमिनार उद्योग वाणिज्य संघ चितवनमा भव्यताका साथ सम्पन्न भएको छ।

 

कार्यक्रममा प्रमुख अतिथि नेपाल इन्जिनियर्स एसोसिएसनका उपाध्यक्ष इञ्जि. प्रकाश के.सी., विशेष अतिथि स.इ. झपट बहादुर थापा, बागमती प्रदेश अध्यक्ष इञ्जि. बलराम पुडासैनी तथा मुख्य वक्ताका रूपमा डु.डि.बि.सि.का इञ्जि. द्रोण कटुवालको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमको प्रारम्भिक सत्रमा इञ्जि. द्रोण कटुवालले नेपालमा भवन संहिताको कार्यान्वयन अवस्थामाथि आधारित प्रस्तुति राख्नुभयो।उहाँले भवन संहिता लागू गर्ने क्रममा देखा परेका प्राविधिक, प्रशासनिक तथा कानुनी चुनौतीहरू, त्यससँग सम्बन्धित संस्थागत तयारीको अवस्था, र आगामी दिनमा सुधार तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक रणनीतिक पहलहरूबारे स्पष्ट र तथ्यमा आधारित विश्लेषण प्रस्तुत गर्नुभयो।

 

 प्यानल छलफल सत्रमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रतिनिधिहरूले आ–आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभएको थियो। इञ्जि. रवि थापा (भरतपुर महानगर), सुमन श्रेष्ठ (उद्योग वाणिज्य संघ), दिनेश चन्द्र नौपाने (निर्माण व्यवसायी संघ चितवन), अा. अल्फा श्रेष्ठ प्रधान (BEEN Project) लगायतका विज्ञहरू माझ नगर प्रशासन, निर्माण नियमन, ऊर्जा दक्षता, र व्यावसायिक अभ्यासहरूमा आधारित गहन छलफल सम्पन्न भयो। प्यानल छलफलले भवन संहिता कार्यान्वयनमा देखिने जटिलताहरू समाधान गर्न नीतिगत स्पष्टता, प्राविधिक जनशक्तिको अभिवृद्धि, स्थानीय तहमा क्षमता विकास, र समन्वयकारी ढाँचाको आवश्यकता स्पष्ट रूपमा औंल्याएको थियो।

 

सेमिनारले निर्माण क्षेत्र, नीतिनिर्माताहरू, प्राविधिक समुदाय र सरोकारवालाबीच गहिरो संवाद र सहकार्यको वातावरण तयार गरेको छ।
सुरक्षित, दिगो र संहिताअनुरूप पूर्वाधार निर्माणतर्फ अग्रसर गराउने उद्देश्य बोकेको यस कार्यक्रमलाई सहभागीहरूले अत्यन्त उपयोगी, ज्ञानमूलक र प्रेरणादायी कार्यक्रमको रूपमा मूल्यांकन गरेका छन्।

 

कार्यक्रम संयोजक इञ्जि. अनिश बराल र इञ्जि. सुशिल रिजालले गर्नु भएको समापनमा आयोजक संस्थाले उपस्थित सम्पूर्ण अतिथि, वक्ता, प्यानलिस्ट, सहयोगी संस्था र सहभागी प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति

July 07, 2025

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

July 07, 2025

असार लागे पछि मल र मन्त्री हराउँछन् : गोकुल बाँस्कोटा

July 07, 2025

सुर्य थापाको टिप्पणीः रास्वपाको हस्ताक्षर अभियान प्रोपोगन्डा मात्रै

July 07, 2025

भरतपुर अस्पतालमा चिकित्सकको धर्ना

July 06, 2025

धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप

July 04, 2025

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

July 04, 2025

देशको आवश्यकता अनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

July 03, 2025

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

July 03, 2025

धेरै कमाउने २५ नेपाली फिल्मलाई चलचित्र विकास बाेर्डकाे सम्मान (सुचीसहित)

July 01, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .