इ चितवन खबर
May 11, 2025
मुम्बइ । अजय देवगनको फिल्म ‘रेड २’ को ‘अपरेशन सिन्दूर’ पछिको साताको दिनमा जसरी कमाई बढेको छ, त्यसले पनि यस्तो संकेत गरिरहेको छ कि अब यो फिल्म २०० करोडको यात्रामा निस्किएको छ ।
फिल्मले दशौं दिन बिहान साढे १० बजेसम्म ८ करोड रुपैयाँ कमाएको सकनिल्कले बताएको छ । अर्थात् पछिल्लो ३–४ दिनको तुलनामा फिल्मले आज धेरै कमाइ गरिरहेको छ । फिल्मको घरेलु बजारमा कुल कलेक्सन १११.९० करोड रहेको छ ।
सैकनिल्कका अनुसार ४८ करोडमा बनेको रेड २ फिल्मले ९ दिनमा विश्वभर १३७.८० करोड कमाइसकेको छ । यसमा आजको कलेक्सन जोड्ने हो भने यो १४५ करोडभन्दा माथि पुगेको छ । र अब फिल्म चाँडै नै १५० करोडको आँकडा पार गरेर २०० करोडतर्फ अघि बढ्नेछ ।
अजय देवगन, रितेश देशमुख र अमित सियाल अभिनित राजकुमार गुप्ता निर्देशित फिल्मले निकै तारिफ बटुलि रहेको छ । फिल्ममा वाणी कपुर र सौरभ शुक्लाको पनि महत्वपूर्ण भूमिका छ । यो फिल्म २०१८ को रेड को सिक्वेल हो, जसमा अजय फेरि अमय पटनायकको भूमिकामा छापा मार्दै हिडेको देखिएका छन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 06, 2025
June 02, 2025
May 30, 2025
May 29, 2025
May 28, 2025
May 23, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .