ओम प्रतीकको लेखन तथा निर्देशनको चलचित्र ‘मोहर’ को पहिलो गीतको छायाङ्कन सम्पन्न

इ चितवन खबर

May 19, 2025

काठमाडौं। अभिनेता पल शाह र अभिनेत्री नीति शाहले चलचित्र ‘मोहर’ को पहिलो गीतको छायाङ्कन सम्पन्न गरेका छन् । निर्माण टोलीले चितवन र नवलपरासीका रमणीय स्थानहरूमा पाँच दिन लगाएर गीतको छायाङ्कन गरेको हो ।

‘चाहिँदैन मोहर’ बोलको यो गीतमा पल र नीतिलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । सुरेश अधिकारीको सङ्गीत र प्रमोद ढुङ्गानाको शब्द रहेको गीतमा शरद हुमागाईँ र विशाखा साहीले स्वर दिएका छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । निर्माण पक्षले यो गीत केही हप्ताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । गीतमा थारु संस्कृतिलाई विशेष रूपमा प्रस्तुत गरिएको छ, जसले दर्शकहरूलाई थप आकर्षित गर्ने विश्वास गरिएको छ ।

 

फिल्म मेकर्स प्रा.लि.को प्रस्तुति रहेको ‘मोहर’ साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । ओम प्रतीकको लेखन तथा निर्देशन रहेको यो चलचित्रका निर्माता चुम्बन जङ्ग शाही हुन् । चलचित्रमा पल र नीतिका साथै बेनिशा हमाल, अर्जुन जङ्ग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र सारा शर्मा जस्ता कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 17, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

January 16, 2026

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल

January 09, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

January 08, 2026

बढ्दो उमेरले अनुभवी बनाएको छ : अभिनेत्री बसुन्धरा भुसाल

December 14, 2025

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

November 12, 2025

‘परान’ आजदेखि प्रदर्शनमा

October 31, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .