इ चितवन खबर
May 29, 2025
काठमाडौं । प्राकृतिक सौन्दर्यको नगरी पोखरा गजलमय बन्दै छ । पोखराकै स्रष्टा देवेन्द्र केसी ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्ने भएका हुन्।
गजलकार एवं गजल अभियन्ता घनेन्द्र ओझासँग ‘नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक (२०८०–२०९०) घोषणा गरेका श्रेष्ठले पोखरामा हुने यो प्रत्यक्ष गायन यही अभियानको एउटा पाटो रहेको बताए । ‘हामी यो अभियानलाई देशभर लैजाने तयारीमा छौँ । यसकै निरन्तरता हो यो कार्यक्रम’, संगीतकार एवं गायनक श्रेष्ठले भने, ‘हामीले शास्त्रीय गजल गायन अभियानलाई सातै प्रदेशमा गर्दै छौँ, यो गण्डकी प्रदेशस्तरीय हुने छ ।’
गजलकार देवेन्द्र ले आफू कविता, मुक्तक, गीत र गजलमा बढी पोखिन सक्ने भन्दै पछिल्लो समय गजलले आकर्षित गरेको र शास्त्रीय गजल गायनको अभियानमा संलग्न भएको बताए । उनले भने, ‘गजल भन्नु नै गेय विधा रहेछ । लेखिएका गजलहरू गायनमा ल्याउँदाको स्वाद र स्तर फरक हुने रहेछ । म आफू पनि एउटा अभियन्ता भएकाले आफ्नै नगरीमा गजल गायन गर्ने तयारी गरेको हुँ ।’
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशले आयोजना गर्ने कार्यक्रममा पोखरा र आसपासका स्वनामधन्य स्रष्टा, संगीतकर्मी, पत्रकार, साहित्य ÷ संगीतप्रेमीको उपस्थिति हुने आयोजकले जनाएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
January 09, 2026
December 14, 2025
October 25, 2025
October 19, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
July 15, 2025
July 11, 2025
July 01, 2025
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .