शनिबार गजलमय बन्दै पोखरा

इ चितवन खबर

May 29, 2025

काठमाडौं । प्राकृतिक सौन्दर्यको नगरी पोखरा गजलमय बन्दै छ । पोखराकै स्रष्टा देवेन्द्र केसी  ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्ने भएका हुन्।


गजलकार एवं गजल अभियन्ता घनेन्द्र ओझासँग ‘नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक (२०८०–२०९०) घोषणा गरेका श्रेष्ठले पोखरामा हुने यो प्रत्यक्ष गायन यही अभियानको एउटा पाटो रहेको बताए । ‘हामी यो अभियानलाई देशभर लैजाने तयारीमा छौँ । यसकै निरन्तरता हो यो कार्यक्रम’, संगीतकार एवं गायनक श्रेष्ठले भने, ‘हामीले शास्त्रीय गजल गायन अभियानलाई सातै प्रदेशमा गर्दै छौँ, यो गण्डकी प्रदेशस्तरीय हुने छ ।’


गजलकार देवेन्द्र ले आफू कविता, मुक्तक, गीत र गजलमा बढी पोखिन सक्ने भन्दै पछिल्लो समय गजलले आकर्षित गरेको र शास्त्रीय गजल गायनको अभियानमा संलग्न भएको बताए । उनले भने,  ‘गजल भन्नु नै गेय विधा रहेछ । लेखिएका गजलहरू गायनमा ल्याउँदाको स्वाद र स्तर फरक हुने रहेछ । म आफू पनि एउटा अभियन्ता भएकाले आफ्नै नगरीमा गजल गायन गर्ने तयारी गरेको हुँ ।’


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशले आयोजना गर्ने कार्यक्रममा पोखरा र आसपासका स्वनामधन्य स्रष्टा, संगीतकर्मी, पत्रकार, साहित्य ÷ संगीतप्रेमीको उपस्थिति हुने आयोजकले जनाएको छ ।


# चितवन खबर # मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

धेरै कमाउने २५ नेपाली फिल्मलाई चलचित्र विकास बाेर्डकाे सम्मान (सुचीसहित)

July 01, 2025

लक्की फिल्मी अवार्डमा ‘उपहार’ लाई चार विधामा अवार्ड

June 26, 2025

लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक

May 30, 2025

लक्की फिल्मी अवार्ड असार ८ गते

May 19, 2025

सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?

May 19, 2025

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

May 19, 2025

सिनेपाको निर्माण आरम्भ: चलचित्र क्षेत्रको लागि निकै उपलब्धिपुर्ण: प्रधानमन्त्री

May 14, 2025

चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

April 15, 2025

चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त

March 28, 2025

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

March 24, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .