एनआरएनए दक्षिण अष्ट्रेलिया राज्य संयोजक पदमा थिर गुरुङको उम्मेदवारी घोषणा

इ चितवन खबर

June 03, 2025

अष्ट्रेलिया। दक्षिण अष्ट्रेलियामा बसोबास गरिरहेका लामो समयदेखि सामाजिक सेवामा सक्रिय थिर गुरुङले आउँदो जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा राज्य संयोजक पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

 

१८ वर्षदेखि अष्ट्रेलिया बसोबास गरिरहेका गुरुङले एनआरएनएसहित विभिन्न नेपाली संघसंस्थामा सक्रिय स्वयंसेवकको रूपमा काम गर्दै आएका छन्। उनले पारदर्शिता, जवाफदेहिता, र समावेशीताको मूलमन्त्रका साथ नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी भन्छन्, “एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन, यो हामी सबैको साझा घर हो।”

 

गुरुङको प्राथमिकतामा सामुदायिक हल स्थापनाका लागि पहल, दोस्रो पुस्ताका बालबालिकाको प्रतिभा उजागर गर्ने कार्यक्रम, विद्यार्थी सहयोग, आपतकालीन सहायता, तथा नेपाली खेलकुद र व्यवसायिक क्षेत्रसँग सहकार्यजस्ता कार्यसूची छन्। साथै, उनले एनआरएनएको गतिविधि र इतिहासलाई समेट्ने पुस्तक प्रकाशन गर्ने योजनासमेत प्रस्तुत गरेका छन्।

 

“पद भनेको सेवाको माध्यम हो, नेतृत्व भनेको सहकार्य र विश्वास हो,” भन्दै उनले सबैलाई एकताबद्ध भएर नेपाली समुदायको हितका लागि काम गर्न आह्वान गरेका छन्। गुरुङ हाल एनआरएनए अस्ट्रेलियाका वर्तमान कार्यसमितिका सचिव समेत हुन्। गुरुङले दक्षिण अष्ट्रेलियावासी सबै नेपालीहरूको साथ, समर्थन र विश्वासको अपेक्षा राखेका छन्।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

पारसको जन्मदिनमा चितवन मानव सेवा आश्रममा आश्रीतलाई भोजन

January 23, 2026

नारायणी जग्गा तथा आवास व्यवसायी संघको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन माघ १५ गते हुने

January 22, 2026

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

January 21, 2026

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

January 21, 2026

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

January 21, 2026

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

January 19, 2026

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

January 19, 2026

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारी : डा भट्टराई

January 19, 2026

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

January 19, 2026

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

January 19, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .