इ चितवन खबर
June 05, 2025
तिम्रो रोजी पैसावाल गोजी
मेरो प्रेमको खोजी फरक छ
तिम्रो यात्रा शुन्यबाट एकतिर
मेरो एकवाट शुन्य तिर फरक छ
तिम्रो चम्किला शान मानको नगरी
मेरो स्वभिमानको पगरी फरक छन
तिम्रा तोलाका तोला गहना
मेरा खोलाका खोला पसिना
एकदम फरक छन
तिम्रो खोक्रा चेपारे लोकाचार
मेरा खदिँला टर्रा बिचार
फरक फरक छन
तिम्रा बजारका कटकटे नोट
मेरो अधरका छटपटे चोट
तिम्रा बजारीया हर्न
मेरो मझेरीया सुस्केरा
यि झन् नितान्त फरक छन्
तिम्रो दुनियाँ मेरो लागी भ्रम
बेग्लो छु त्यसैले त म त्यहीँ पनि एक्लो छु
मेरोमा भाउ सुनको भन्दा ऊनको बेसी
ऊनको भन्दा नुनको बेसी भईरहन्छ
कसरी भो? नसोध्नु
ठिक उल्टो भाउमा चल्छ मेरो बजार
केही जित्नु छैन साथी
सबै उत्तर लाग्छन म दक्षिण झर्छु
समतल छाडेर पहरो फोर्छु
अरु आकाश हेर्छन म जमिन
अरु फुलेको फूल टिप्छन्
म झरेका पात पतिङ्गर
अरु स्वर्ग माग्छन् म सङ्घर्ष
अरु भोजन माग्छन् म भोक
अरु हिस्सा खोज्छन म हुनर
यो समयखण्डमा यो सङ्गमा
कसैलाई नछिचोली बहेको छु
जीवन दिशा ठीक लिएको छु
देवताको शङखमुल पिएको छु
यसरी म जिएको छु
हो यसरी म जिएको छु।
- डा बिष्णु प्रसाद सुबेदी
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 07, 2025
July 07, 2025
July 07, 2025
July 07, 2025
July 06, 2025
July 04, 2025
July 04, 2025
July 03, 2025
July 03, 2025
July 01, 2025
July 07, 2025
July 07, 2025
July 07, 2025
July 07, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .