५१ दिन मनाए पछि निर्देषक कृषाको घोषणा, ‘पिताम्बरको सिक्वेल बनाउँछौं’

इ चितवन खबर

June 06, 2025

काठमाडौं। कृषा चौलागाइको फिल्म ‘पिताम्बर’ को सिक्वेल बन्ने भएको छ। गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहीबार ५१ दिने समारोहमार्फत यो घोषणा गरिएको हो ।


कृषाको यो फिल्मले रञ्जना सिनेप्लेक्स, विश्वज्योति, बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो। निर्माण पक्षले फिल्मको एकाउन्न दिन मनाउँदै ‘पिताम्बर २’ को घोषणा समेत गरेको हो।

 

बिहीबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच फिल्मले ५१ दिन मनाएपछि कलाकार र प्राविधिकहरूलाई सम्मान गरेको थियो । सो खुशीयालीमा सम्मानपत्र दिंदै सोही समारोह मार्फत दोस्रो श्रृंखला ल्याउने निर्माण पक्षले घोषणा गरेको हो।


कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सहनिर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही, प्रमोद अग्रहरिका साथमा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

 

सोही क्रममा फिल्म निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले पिताम्बरले ५१ औँ दिन पार गर्न सम्भव भएको बताउँदै सबैलाई धन्यवादसमेत दिएकी थिइन्। 


उनले भनिन्, ‘यो फिल्ममा भएका गल्ती अर्को फिल्ममा सुधार्दै अझै बुलन्द काम गर्नेछु।’ केही दिनअघि जापानमा समेत बेस्ट निर्देशकको अवार्ड यसै फिल्मबाट हात पारेकी कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐचोपैचो’ हो। जुन समीक्षात्मक रूपमा सफल देखिन्थ्यो।

 

यस फिल्ममा प्रदीप खड्का सौगात मल्ल,आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको पनि अभिनय छ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

July 07, 2025

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय र वर्षाको जोडी

July 03, 2025

‘माग्ने राजा’ को फस्र्टलुक पोस्टर सार्वजनिक

July 03, 2025

‘सुख दुःख’ निर्देशन गर्दै नीता ढुंगाना

July 03, 2025

फिल्म 'हर्ष’ मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउने

July 03, 2025

चलचित्र ‘बाटुलो जून’ को पहिलो पोस्टर सार्वजनिक

July 03, 2025

धेरै कमाउने २५ नेपाली फिल्मलाई चलचित्र विकास बाेर्डकाे सम्मान (सुचीसहित)

July 01, 2025

राजेन्द्र सुवाल र विपना शाक्यको 'तिम्रो यादमा' सार्वजनिक

July 01, 2025

लक्की फिल्मी अवार्डमा ‘उपहार’ लाई चार विधामा अवार्ड

June 26, 2025

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

June 02, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .