इ चितवन खबर
February 26, 2025
काठमाडौं। केदार घिमिरे अर्थात् माग्नेबुढाको प्रमुख भूमिका रहेको ‘माग्ने राजा’ को सुटिङ सुरु भएको छ ।
बुधबार भक्तपुरको सूर्यविनायकमा पूजा गरी आजैबाट काभ्रेको बल्थलीबाट सुटिङ सुरु भएको हो। केदार घिमिरेको लिड रोल रहेको यो नै पहिलो चलचित्र हो ।
चलचित्रका निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरे हुन् । चलचित्रमा पटकथा तथा संवाद सामीप्यराज तिमल्सिना र नरेन्द्र मैनालीको छायांकन रहेको छ। आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देलजस्ता कलाकारको अभिनय रहने ‘माग्ने राजा’ मा एउटा गरिबको धनी बन्ने महत्वाकांक्षालाई समेटेर कथा लेखिएको छ ।
चलचित्र आगामी तीजमा प्रदर्शन हुने निर्माता घिमिरेले बताए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 23, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
May 14, 2025
May 14, 2025
May 11, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .