इ चितवन खबर
June 26, 2025
लक्की फिल्मी अवार्डमा ‘उपहार’ लाई चार विधामा अवार्ड
चितवन । मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा चलचित्र उपहारले चार वटा विधामा अवार्ड हात पारेको छ । लक्की मिडिया हाउसले सार्वजनिक गरेको विभिन्न ११ वटा विधामध्ये चलचित्र उपहारले उत्कृष्ट चलचित्र, उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट सङ्गीतकारतर्फ अवार्ड प्राप्त गरेको हो ।
आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की 'लक्की' का अनुसार चलचित्र उपहारले उत्कृष्ट चलचित्र सहित चार विधामा अवार्ड प्राप्त गरेको हो । चलचित्र उपहारले उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट सङ्गीतकार विधामासमेत अवार्ड प्राप्त गरेको कार्कीले बताउनुभयो ।
उत्कृष्ट गायिकातर्फ चलचित्र उपहारको ‘वा वा वा..’ बोलको गीतका लागि एलिना चौहान, उत्कृष्ट निर्देशकतर्फ चलचित्र उपहारकै निर्देशक ज्ञानेन्द्र देउजा र उत्कृष्ट सङ्गीतकारतर्फ ‘कहिल बार बिर्सन्छु’ बोलेको गीतका लागि अर्जुन पोखरेलले अवार्ड प्राप्त गर्नु भएको कार्कीको भनाइ छ ।
त्यस्तै उत्कृष्ट छायाँकारतर्फ चलचित्र ऐँचो पैँचोबाट पुरुषोत्तम प्रधान तथा उत्कृष्ट नव निर्देशकतर्फ चलचित्र ऐँचो पैँचोकी निर्देशक कृषा चौलागाईंलाई अवार्ड प्रदान गरिएको छ । लक्की फिल्मी अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड नायक प्रदीप खड्का चलचित्र पुजार सार्कीका लागि गरिएको कार्कीले बताउनुभयो । उत्कृष्ट सम्पादकको अवार्डसमेत पुजार सार्कीकै सम्पादक भरत रेग्मीलाई प्रदान गरिएको कार्कीको भनाइ छ ।
त्यसैगरी उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र बोक्सीको घरका लागि केकी अधिकारी, उत्कृष्ट लेखनको अवार्ड चलचित्र नाङ्गो गाउँका दिपेन्द्र लामा एवम् उत्कृष्ट गायकको अवार्ड चलचित्र दिमाग खराबमा ‘माया’ बोलको गीतका लागि सुगम पोखरेललाई प्रदान गरिएको छ ।
उत्कृष्ट चलचित्र : उपहार
उत्कृष्ट निर्देशक : ज्ञानेन्द्र देउजा : उपहार
उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान : ऐंचो पैंचो
उत्कृष्ट अभिनेता : प्रदीप खड्का : पुजार सार्की
उत्कृष्ट अभिनेत्री : केकी अधिकारी : बोक्सीको घर
उत्कृष्ट सम्पादक : भरत रेग्मी : पुजार सार्की
उत्कृष्ट गायिका : एलिना चौहान : वा वा वा – उपहार
उत्कृष्ट गायक : सुगम पोखरेल : हितैको माया – दिमाग खराब
उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल : कहिले बार बिर्सिन्छ’ – उपहार
उत्कृष्ट नव निर्देशक : कृषा चौलागाई : ऐंचो पैंचो
उत्कृष्ट लेखन : दिपेन्द्र लामा : नाङ्गो गाउँ
यसैबीच, लक्की मिडिया हाउसले समाजमा विभिन्न तरिकाले योगदान पुर्याएका विभिन्न नौ जना व्यक्तिलाई समेत सम्मान गरेको छ । भरतपुरको डल्फिन फनपार्कमा आयोजित कार्यक्रममा पत्रकारिता मार्फत समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दैै पत्रकार आनन्द पोखरेललाई सम्मानित गरिएको उहाँले बताउनु भयो । करिब डेढ दशकदेखि पत्रकारिता कर्ममा रहनु भएका पोखरेल सञ्चारपत्र दैनिकको कार्यकारी सम्पादक एवम् राष्ट्रिय समाचार समिति (रासस) को समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।
त्यस्तै कार्यक्रममा जनप्रतिनिधितर्फ भरतपुर-२२ का वडाध्यक्ष विष्णुराज महतो, सामाजिक अभियान्तातर्फ भरतपुर-८ का पूर्ववडाध्यक्ष नारायण प्रसाद कँडेल, युवा उद्यमीतर्फ डल्फिन फन पार्कका सञ्चालक सुवेदार सन्तलाल गुरुङ, शिक्षातर्फ ओम शान्ति एकेडेमीका प्राचार्य टेकबहादुर श्रेष्ठ, चिकित्सकतर्फ डा.विष्णुप्रसाद सुवेदी, कलाकारतर्फ मौसमी मल्ल एवम् सीता गुरुङ र खेलकुद र शिक्षाबाट समाजमा योगदान पुर्याए वापत सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलाश पौडेल (वाईबी) लाई सम्मानित गरिएको कार्कीले जानकारी दिनुभयो ।
लक्की मिडिया हाउसले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि चलचित्रको प्रिमियर शो, रेड कार्पेड शो, विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको कार्कीले बताउनुभयो । फिल्मी अवार्डलाई बर्सेनि निरन्तरता दिँदै अगाडि लैजाने कार्कीको भनाइ छ ।
सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानरपालिका उपप्रमुख चित्रसेन अधिकारी, कार्यक्रमकी अध्यक्ष एवम् लक्की मिडिया हाउसकी निर्देशक इन्दिरा कार्की, भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले दोसल्ला ओडाइ सम्मानपत्र प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले राज्यले गर्नुपर्ने काम मिडियाले गरेको भन्दै लक्की मिडिया हाउसको प्रशंसा गर्नुभयो । उहाँले राष्ट्रिय कलाकारले देशको कला र संस्कृतिको संरक्षण गर्दै प्रवद्र्धनमा भूमिका खेलेका भन्दै उनीहरुको उचित संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा लक्की मिडिया हाउसकी निर्देशक इन्दिरा कार्कीले नेपालमा मानिस मरेपछि सम्मान गर्ने परम्परा रहेको भन्दै मानिस जीउँदै हुँदा सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । स्रष्टालाई राज्यबाट सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने भन्दै उहाँले कलाकारहरुको प्रतिभा प्रष्फुटन र प्रवद्र्धनमा राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
January 09, 2026
December 14, 2025
October 25, 2025
October 19, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
July 15, 2025
July 11, 2025
July 01, 2025
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .