इ चितवन खबर
February 26, 2025
काठमाडौँ । बलिउड फिल्म अभिनेत्री एवं चर्चित युट्युबर प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् ।
उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको पाँचतारे रिसोर्ट ओलियन्डर फार्ममा भएको हो । दुवैले विवाहका तस्वीर सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेका छन् ।
प्रजक्ता २०२२ मा रिलिज भएको फिल्म ‘जुगजुग जियो’ मा अभिनेता वरुण धवनकी बहिनीको भूमिकामा अभिनय गरेकी थिइन् ।
उनीहरुले हिन्दू परम्पराअनुसार विवाह गरेका छन् । वृशांक र प्रजक्ता सन् २०११ देखि प्रेम सम्बन्धमा थिए । मुम्बई विश्वविद्यालयमा सँगै अध्ययन गर्ने क्रममा उनीहरुबीच चिनजान भएको थियो । वृशांक कर्पोरेट लयर हुन् ।
प्रजक्ताले भने हिन्दी फिल्म तथा वेब सिरिजमा काम गर्दै आइरहेकी छन् । उनले ‘जुगजुग जियो’सहित ‘नियत’ जस्ता फिल्म गरिसकेकी छन् । गत महिना उनी अभिनीत वेब सिरिज ‘मिसम्याच्ड-३’ नेटफ्लिक्समा रिलिज भएको थियो । उनको युट्युब च्यानल ‘मोस्टलीसेन’ निकै चर्चित रहेको छ । उनका युट्युबमा ७२ लाख भन्दा बढी सब्सक्राइबर रहेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 24, 2026
June 24, 2026
June 20, 2026
June 16, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
May 15, 2026
May 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .