इ चितवन खबर
February 26, 2025
काठमाडौैं। भारतको प्रयागराजस्थित महाकुम्भमा ६५ करोडले स्नान गरेका छन् । माघ १ देखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६५ करोडभन्दा बढी मानिसले डुबुल्की लगाएको उत्तर प्रदेश सरकारले अनुमान गरेको छ । महाकुम्भ मेला महाशिवरात्रिको दिनदेखि समापन हुनेछ ।
भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरेका छन् । महाशिवरात्रिको दिन अहिलेसम्म ५५ लाख मानिसले स्नान गरका छन् । संसारको कुनै पनि स्थानमा यति धेरै संख्यामा मानिसहरूले स्नान गरेका छैनन् । ६५ करोडभन्दा बढी श्रद्धालुले सनातन आस्थाको डुबकी लगाएर धार्मिक र सांस्कृतिक एकताको अद्वितीय सन्देश दिएका छन् ।
अमेरिकाको जनसंख्याभन्दा दुईगुणा, पाकिस्तानको जनसंख्याको अढाई गुना र रूसको जनसंख्याको चार गुणाभन्दा बढी श्रद्धालुले डुबुल्की लगाएका छन् ।
विभिन्न ७३ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले महाकुम्भमा स्नान गरेको बताइन्छ । नेपालका ५० लाखभन्दा बढी मानिसले स्नान गरेका छन् । इटाली, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिका, इजराइल, इरान, मोरिससलगायतका देशका नागरिक महाकुम्भ मेलामा पुगेका थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 22, 2026
September 22, 2026
September 18, 2026
September 17, 2026
September 17, 2026
September 14, 2026
September 13, 2026
September 13, 2026
September 12, 2026
September 12, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .