इ चितवन खबर
July 03, 2025
काठमाडौँ। एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’ आगामी मंसिर १२ मा प्रदर्शन हुने भएको छ। फिल्मको टाइटल भिडियोसँगै निर्माण टिमले मंसिर १२ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। उक्त भिडियोमा स्व. निर्देशक शिव रेग्मीप्रति समर्पित गरिएको छ। निर्देशक पौडेल स्व. निर्देशक रेग्मीकी भान्जी हुन्।
न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक गरेकी छन्। व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्म निर्माण गरिसकेकी छन्।
चितवनमा छायांकन गरिएको फिल्मको अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको छ। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र संगीता नापितको अभिनय छ। फिल्मको कथा निर्देशक पौडेलले नै लेखेकी हुन्।
फिल्मको कथा पारिवारिक तथा सामाजिक परिवेशमा आधारित छ। आलोक शुक्लाले छायांकन गरेको फिल्म लोकेश बज्राचार्यको सम्पादनमा बनेको छ। फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन्। अष्टलक्ष्मी प्रोडक्सन र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 15, 2026
May 10, 2026
May 02, 2026
April 09, 2026
March 17, 2026
February 02, 2026
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .