रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय र वर्षाको जोडी

इ चितवन खबर

July 03, 2025


काठमाडौँ। रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा गायक रामकृष्ण ढकालले निर्माण गर्ने चलचित्र ‘मालती मंगले’ मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । प्रकु पाण्डेयले निर्देशन गर्ने यो चलचित्रका निर्माण पक्षले बराल र राउतसँग कागजी सम्झौता गरेका हुन् ।

 

यो चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् भने कथा निर्देशक पाण्डेयले रचेका हुन् । यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने छायाङ्कन निर्देशक महेश पौडेल रहेका छन् । चलचित्रमा रोमी तण्डुकारले सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, राजेन्द्र थापाको गीत रचना र राजनराज सिवाकोटीले सङ्गीत दिनेछन् । यो चलचित्रलाई पारिवारिक प्रेमकथामा निर्माण गरिने जनाइएको छ।

 

यो चलचित्रको छायाङ्कन भदौको पहिलो हप्तादेखि करिब ४० दिनको तालिकासहित सुरु हुने कार्यकारी निर्माता ज्ञवालीले बताए । साथै उनले ‘मालती मंगले’ यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको जनाए । यस चलचित्रका निर्माता करिब ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका सुप्रसिद्ध गायक रामकृष्ण ढकाल हुन् । उनको नेपाली चलचित्रसँगको सम्बन्ध पुरानो छ ।

 

सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको चलचित्र ‘आशीर्वाद’मा उनले अभिनय गरेका थिए । उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘मालती मंगले’ मार्फत उनी यस पटक निर्माताको भूमिकामा आएका हुन् ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

फिल्म ‘टीका’ को शुभमुहूर्त

May 15, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 02, 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 17, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

January 16, 2026

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल

January 09, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

January 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .