चर्चित गायिका आशा बीसीको नयाँ गीत ‘वृन्दावन’ सार्वजनिक

इ चितवन खबर

July 11, 2025

काठमाडौं। चर्चित गायिका आशा बीसीको नयाँ गीत ‘वृन्दावन’ सार्वजनिक भएको छ। तीजको भाकामा तयार पारिएको यो गीत आशा बीसीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 

गीतमा शब्द र संगीत रमेश परियारले तयार गरेका छन् भने संगीत संयोजन कृष्ण केसीले गरेका छन्। मिक्सिङ र मास्टरिङको काम विनोद परियारले सम्हालेका छन्। गीतमा पोषण घर्तीले मादल, भुवन गन्धर्वले ढोलक र तबला, हेमन्त कञ्चा रासाइलीले सारंगी, बल बहादुर जैरूले सानाही र सञ्जीव बराइलीले गितार बजाएका छन्। गीतको रेकर्डिङ ओजोन स्टुडियोमा गरिएको हो।


सादिक्ष्या फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको गीतको भिडियोमा शिल्पा पोखरेल, बिक्रम बुढाथोकी र शुपला सापकोटाको अभिनय देख्न सकिन्छ। भिडियोलाई सुनिल बीकेले निर्देशन गरेका छन् भने नृत्य निर्देशन रोशन विश्वकर्माले गरेका छन्। गीतको कर्णप्रिय स्वर संगीत र उत्कृष्ट अभिनयले गीत दर्शक–श्रोतामाझ लोकप्रिय हुने विश्वास गरिएको छ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .