इ चितवन खबर
July 11, 2025
मुम्बई । आइएमडिबीले शीर्ष १० सबैभन्दा प्रतिक्षामा रहेका भारतीय चलचित्रहरूको सूची सार्बजनिक गरेको छ । जसअनुसार विभिन्न भारतीय भाषाका चलचित्रहरू समावेश रहेका छन्, जसमा हिन्दी चलचित्र उद्योग ७ वटा र त्यसपछि तेलुगु, तमिल र मलायालम उद्योगहरूबाट एक–एक चलचित्र रहेका छन्। जो निम्न लिखित रहेका छन् ।
१. कुली (तमिल) : लोकेश कनागराजद्वारा निर्देशित तथा नागार्जुन, श्रुति हासन, र आमिर खान (क्यामियो) सँग सुपरस्टार रजनीकान्त अभिनित एक्सन ड्रामा अगस्ट १४, २०२५ मा तमिल, तेलुगु, हिन्दी, मलयालम, र कन्नड भाषामा रिलिज हुने तालिका छ। यसलाई सन पिक्चर्सले निर्माण गरेको हो ।
२. वारः२ (हिन्दी) : ऋतिक रोशन, जुनिएर एनटिआर र कियारा आडवाणी अभिनीत जासूस एक्शन थ्रिलर ब्रह्मास्त्र फेम अयान मुखर्जीद्वारा निर्देशित र यशराज फिल्म्सकका लागि आदित्य चोपडाद्वारा निर्मित चलचित्र हो । यो वारः२ चलचित्र अगस्ट १४, २०२५ मा हिन्दी, तेलुगु र तमिल भाषामा ठूलो पर्दामा रिलिज हुने तय गरिएको छ।
३. राजासाहेब (तेलुगु) : पान इन्डिया सुपरस्टार प्रभासको साथमा सञ्जय दत्त, मालविका मोहनन, र निधि अग्रवाल अभिनीत हरर कमेडी फिल्म हो । यो मारुतिद्वारा निर्देशित छ। चलचित्र ५ डिसेम्बर २०२५ मा तेलुगु, हिन्दी, मलयालम, तमिल, र कन्नड भाषामा थिएटरहरूमा रिलिज हुनेछ ।
४. आँखा कि गुस्ताखियाँ (हिन्दी) : रोमान्टिक ड्रामा विक्रान्त मेसी र शनाया कपूर मुख्य भूमिकामा छन्। सन्तोष सिंहद्वारा निर्देशित यो जुलाई १८, २०२५ मा रिलीज हुनेछ।
५. सैयारा (हिन्दी) : यशराज फिल्म्सको रोमान्टिक फिल्म, जसले आहान पाण्डेलाई हिन्दी फिल्म उद्योगमा परिचय गराउँछ र अनित पद्डालाई पनि मुख्य भूमिकामा अभिनय गराइएको छ । यो मोहित सुरीद्वारा निर्देशित छ। यो जुलाई १८, २०२५ मा विश्वभरका थिएटरहरूमा रिलिज हुने तय गरिएको छ।
६. बागीः४ (हिन्दी) : एक्शन थ्रिलर फ्रेन्चाइजीमा चौथो किस्ताले टाइगर श्राफलाई आफ्नो भूमिका पुनः प्रस्तुत गरिरहेका छन । यो चलचित्रमा सञ्जय दत्त, हरनाज कौर सन्धु र सोनम बाजवा पनि मुख्य भूमिकामा छन्। अहमद खानले निर्देशन गरेको यो फिल्म सेप्टेम्बर ५, २०२५ मा रिलिज हुनेछ।
७. सन अफ सरदारः२ (हिन्दी): अजय देवगन र मृणाल ठाकुर अभिनित बलिउड रोमान्टिक कमेडी–एक्शन, जुलाई २५, २०२५ मा पर्दामा आउने तय भएको छ। विजय कुमार अरोराद्वारा निर्देशित यो फिल्मको पहिलो भाग सन् २०१२ मा आएको सन अफ सरदारको सिक्वेल हो ।
८. हृदयपुर्वम (मलयालम) : मुख्य भूमिकामा मोहनलाल, मालविका मोहनन र संगीत प्रताप अभिनीत पारिवारिक फिल्म हो । यो बर्ष उनको प्रतिक्षा गरिएको दोस्रो सबैभन्दा प्रतिक्षित मलयालम चलचित्र हो। सत्यन एन्थिकड द्वारा निर्देशित यो फिल्म अगस्ट २८, २०२५ मा रिलिज हुदैँछ ।
९. महावतार नरसिम्हा (हिन्दी) : होम्बले फिल्म्स र क्लीम प्रोडक्सनद्वारा निर्मित एनिमेटेड फिल्म हो, जुन भगवान विष्णुका अवतारहरूको कथाहरूलाई जीवन्त बनाउने शृङ्खलाको अंश हो। अश्विनकुमारद्वारा निर्देशित यो चलचित्र २५ जुलाई २०२५ मा हिन्दी, कन्नड, तेलुगु, तमिल, र मलयालमका साथै थ्रिडीमा रिलीज हुने तय गरिएको छ।
१०. अल्फा (हिन्दी) : आलिया भट्ट र शर्वरी वाघ अभिनीत अल्फा चलचित्र हो र यसराज फिल्मसको ७ औं जासूस ब्रह्माण्ड अन्तर्गतको यो पहिलो महिला केन्द्रित चलचित्र हो। शिव रवैल निर्देशित यो डिसेम्बर २५, २०२५ मा ठूलो पर्दामा रिलिज हुँदैछ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 15, 2026
May 10, 2026
May 02, 2026
April 09, 2026
March 17, 2026
February 02, 2026
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .