इ चितवन खबर
February 26, 2025
काठमाडौँ । नेपाली चलचित्र जगतका जाने मानेका हस्ती, आफैमा अबल दर्जाको लोकप्रिय कलाकार, निर्माता, निर्देशक, दर्जनौँ सुपर हिट चलचित्रका प्रस्तोता अशोक शर्माको चलचित्र 'डबल ट्रिपल' आगामी दशैंको फूलपातीको दिन रिलिज हुने भएको छ ।
दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका लोकप्रिय कलाकारहरूको बेजोड अभिनय रहने छ ।
किरण शर्मा पौड्याल, कृति शर्मा, अङ्कित शर्माको निर्माण, अशोक शर्माको निर्देशनमा बन्न लागेको यो चलचित्र 'डबल ट्रिपल' आगामी दशैंको फूलपातीको दिन स्वदेश विदेशमा एकसाथ रिलिज हुने छ ।
अशोक शर्मा र राजेश सिटौलाको कथा पटकथा, सम्भुजीत बास्कोटाको सङ्गीत रहने उक्त चलचित्रमा मनोज पण्डित स्क्रिप्ट डक्टर, शान बस्न्यात संवाद, आलोक शुक्ला सिनेमाटोग्राफर, नगेन्द्र घिमिरे प्रोडक्सन, राजु किराँती द्वन्द्व, सुनिल छेत्री कोरियो ग्राफर, ट्राइडेन्ट कन्सेप्ट पब्लिसिटिमा रहेका छन् ।
कलाकारहरू सहित अफिसियल एनाउन्समेन्ट गर्ने तयारी भइरहेको यो चलचित्र 'डबल ट्रिपल' अब केही दिन पछि नै शुभ मुहूर्त गरेर छायाङ्कन गर्न थालिने छ । नेपाली चलचित्र जगतमा आउँदै गरेको यो चलचित्र 'डबल ट्रिपल' ले नयाँ इतिहास रच्ने मा कलाकारहरू आशावादी रहेका देखिन्छन् ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष समेत रहेका र यस चलचित्रमा पनि अभिनय गर्न गइरहेका लोक दोहोरी क्षेत्रका हस्ती, अग्रज कलाकार रामप्रसाद खनाल भन्छन्– 'मेरा मित्र अशोक शर्मा जो नेपाली चलचित्र जगतका एउटा धुर्ब तारा हुनुहुन्छ वहाँ र वहाँको चलचित्रमा अभिनय गर्न म अमेरिकाबाटै आउँदै छु । दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, म, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका लोकप्रिय कलाकारहरूको प्रस्तुतिले चलचित्र सफल हुने कुरामा म ढुक्क छु । चलचित्र 'डबल ट्रिपल' मा अशोक शर्माजी ले जुन कम्बिनेशन बनाउनुभएको छ यो ऐतिहासिक हुने मैले विश्वास लिएको छु ।'
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 15, 2026
May 10, 2026
May 02, 2026
April 09, 2026
March 17, 2026
February 02, 2026
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .