इ चितवन खबर
July 18, 2025
काठमाडौँ । छायाँछवि क्रियशनले विगत १२ वर्षदेखि गर्दै आएको विल्कुलै सााँकृतिक पर्व तीजमा आधारीत रहेर आयोजना गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२औै संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ । नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ । पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरुको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तन सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ ।
यहि क्रमका गीतहरु गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा सयौं गीत प्रकाशित हुने गरेका छन् । यहि तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमका अभ्यक्ष शान्तिप्रियले बताएका छन् ।
छायाँछविका अध्यक्ष शान्तिप्रियले १२औं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न २५ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । कार्यक्रममा बिभिन्न सम्मान एवं पुरस्कार पनि प्रदान गरीने वताए ।
१२औ छायाँछवि तीज म्यूजिक अवार्डको लागी साउन महिनाभर छायाँछवि को कार्यालय डिल्लीबजार अथवा इमेल मार्फत पनि गीत दर्ता गर्न सकिनेछ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 20, 2026
July 24, 2026
June 24, 2026
June 20, 2026
June 16, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
May 15, 2026
August 22, 2026
August 21, 2026
August 21, 2026
August 20, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .