इ चितवन खबर
February 26, 2025
काठमाडौँ । नेपाली महिला फुटबल टिमले अर्को फाइनल खेल हारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सान्त्वना दिएका छन् ।
म्यान्मारविरुद्धको अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा २-० ले हार बेहोरेपछि प्रधानमन्त्री ओलीले कार्यव्यस्तताले सहभागी हुन नसकेपछि छोरीहरुको खेल राम्रो भएको भन्दै सान्त्वना दिएका हुन् ।
बुधवार साँझ खेल सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमा एक स्टाटस राख्दै उनले भनेका छन्- 'कार्यव्यस्तताले आज नेपाल र म्यानमार बिच भइरहेको खेल हेर्न जान पाएको थिइनँ । केही समय मात्र प्रत्यक्ष प्रसारण हेर्न पाएँ । छोरीहरूको खेल राम्रो थियो । भविष्यमा हामी जित्ने नै छौं ।'
नेपाली राष्ट्रिय महिला टिमले पछिल्लो १५ बर्षमा फाइनलमा हार बेहोरेको यो १३औं पटक हो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .