उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

इ चितवन खबर

July 23, 2025

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताउनुभएको छ । 

    
नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आयोजना गरेको वडा कार्यालय एवं बिपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले बिपीले अँध्यारोबाट उज्यालोको खोजीमा सङ्घर्ष गरेकाले अहिले पनि कांग्रेसमा सङ्घर्ष आवश्यक रहेको बताउनुभयो ।
 
    
उहाँले भन्नुभयो, “बिपीले आफ्नो मात्रै सोच्नुभएन जनताका लागि सोचेर सङ्घर्षमा हिँड्नुभयो । त्यसरीनै हामी हिँड्न जरुरी छ ।” बिपीले उठाएको कष्ट कुनै युगका लागि भएको भन्दै उहाँले त्यो कष्ट अहिले उठाउन आवश्यक रहेको बताउनुभयो ।
 
    
उहाँले थप्नुभयो, “कांग्रेसीको मनभित्र भएको भय बिपीको सोचअनुसार हामी हिँड्न सकेनौँ भनेर हो । यो पूरा गर्ने जिम्मेवारी तपाई हामीकै हो ।” अहिले भएको परिवर्तन बिपीको विचारअनुसार नभएको भन्ने हुटहुटी कांग्रेसमा रहेको भन्दै उहाँले यसलाई जगाई राख्न सक्नुनै बिपीको सच्चा अनुयायी भएको बताउनुभयो ।
 
    
                               
उहाँले कांग्रेस आफ्नो जिम्मेवारीबाट कहिल्यौँपछि नहट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजतन्त्र, गणतन्त्रदेखि लोकतन्त्रसम्म कांग्रेसले बिपीको विचारअनुसार आफ्नो जिम्मेवारी निभाएको छ ।” जिम्मेवारीका हिसाबले कांग्रेस सही ठाउँमा रहेको बताउँदै उहाँले बिपीको विचारसहित गरेका कामहरूको प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गनुभयो ।
 
    
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसभित्रको एकता अहिलेको आवश्यकता रहेको बताउनुभयो । कांग्रेस एक हुँदा विपक्षी कमजोर बन्ने भन्दै उहाँले देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको छ भन्ने आभास तल्लो तहमा हुनुपर्ने बताउनुभयो ।
 
    
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू उमा रेग्मी, मधु आचार्य, टेकप्रसाद गुरुङ, अञ्जनी श्रेष्ठले कांग्रेस बिपीको विचारअनुसार हिँड्न युवाहरू अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
 
    
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, तरुण दलका केन्द्रीय सदस्य निर्मल पौडेल, नेपाली कांग्रेस चितवनका प्रवक्ता ज्ञानेन्द्र कार्कीलगायतले बिपीको योगदानबारे चर्चा गर्नुभयो ।
 
    
विसं २०७७ मा निर्माण सुरू गरिएको बिपी स्मृति भवनका औपचारिक रूपमा उद्घाटन गरिएको हो । स्व मैयादेवी श्रेष्ठले प्रदान गरेको १५ कट्ठा जग्गामा रु ६६ लाख ३५ हजारको लागतमा भवन निर्माण गरिएको हो ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति

April 25, 2026

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति

April 14, 2026

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026

संविधानको भावना र जनचाहना बमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

April 10, 2026

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

April 09, 2026

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

April 09, 2026

राष्ट्रिपतिको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ

April 07, 2026

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

April 05, 2026

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

April 02, 2026

चारपटक म्याद थपेर बल्ल कालिकाको प्रशासकीय भवन सम्पन्न, निर्माण कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना

March 29, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .