इ चितवन खबर
August 26, 2025
काठमाडौँ। तिहारलाई लक्षित गर्दै आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ । चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका अभिनेता अनमोल केसीले आफूले देखेको सपनालाई चलचित्रमार्फत पर्दामा ल्याउन सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले पटकथा पढ्दादेखि नै देखेको एउटा सपनालाई पर्दामा ल्याएको छु । यसका लागि छायाङ्कनसहित तीन वर्ष मेहनत गरेका छौँ । यो नेपालको सौन्दर्य देखिने र पर्यटन प्रवर्द्धन गर्ने चलचित्र बनेको छ ।” उहाँले धेरै समयपछि आफ्नै पिता अभिनेता भुवन केसीसँग चलचित्रमा काम गर्नुभएको छ ।
“मैले बुवा (भुवन केसी) सँग पहिला पनि छिटपुट काम गरेको थिएँ, यसपटक भने बाबु र छोराकै भूमिकामा चलचित्रमा काम गरेका छौँ । बुवाको काम गर्ने शैली, ऊर्जा र लगनशीलताले सधैँ मलाई प्रेरणा दिन्छ”, अभिनेता केसीले भन्नुभयो ।
चलचित्रकी अभिनेत्री आँचल शर्माले आफूले श्रेया नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “श्रेया निडर र एक स्वाभिमानी युवती हुन् । उनले गर्ने निर्णयले उनको क्षमतालाई प्रष्ट्याउँछ । मैले यो पात्रलाई पर्दामा देखाउन पाउँदा निकै उत्साहित छु । हिमालका विषयमा बनेको चलचित्रले युवापुस्तालाई आन्तरिक पर्यटक बन्न प्रेरित गर्ने विश्वास छ ।”अनन्या फिल्मसले निर्माण गरेको चलचित्र ‘जेरी अन टप’ मा अभिनेता केसी र अभिनेत्री शर्मासँगै जसिता गुरुङ, केदार घिमिरे, भुवन केसीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
सरोज न्यौपाने निर्माता रहनुभएको उक्त चलचित्रमा हेमराज विसीको लेखन तथा सुयोग गुरुङको निर्देशन छ । उक्त चलचित्रको कथा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राका क्रममा हुने प्रेमकथामा केन्द्रित रहेको जनाइएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 15, 2026
May 10, 2026
May 02, 2026
April 09, 2026
March 17, 2026
February 02, 2026
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .