इ चितवन खबर
September 03, 2025
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित सदावहार बरिष्ठ गायक आनन्द कार्की र ममता गुरुङको युगल स्वरमा ‘जाली रुमाल फुलबुट्टे' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीत संगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले निर्माण गरेको गीतमा सुष्मा सिग्देलको शब्दरचना र अनिल शाहीको संगीत रहेको छ । गीतलाई अनिल शाहीले नै एरेन्ज गरेका हुन् ।
आनन्द कार्की , ममता गुरुङ र सरोज प्रजाको अभिनय रहेको भिडियोमा सागर बस्नेतको सिनेमाटोग्राफी, प्रमोद के भण्डारीको कोरियोग्राफी र विकास दाहालको सम्पादन रहेको छ। युवा निर्देशक युवराज वाइबाले भिडियोको निर्देशन गरेका हुन ।
‘जाली रुमाल फुलबुट्टे ‘ को भिडियोलाइ ‘हाइटेक इन्टरटेन्टमेन्ट’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक भएको केहि घण्टामा नै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । पुरानो चलचित्र भीष्म प्रतिज्ञाको सुपर हिट गीत “ओ मेरी प्रियेशी” को संगीतकार एवं गिटारिस्ट अनिल शाहीले संगीत भरेका धेरै गीतहरु दर्शकको रोजाइमा परेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
June 20, 2026
June 16, 2026
June 01, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .