दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार

इ चितवन खबर

October 09, 2025

काठमाडौँ । दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । 


चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले असोज २० गते राती ११ बजेर ५५ मिनेटसम्म रु तीन करोड ७५ लाख ५३ हजार २५१ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री भएबापत उक्त व्यापार गरेको हो । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् । 

 

यस्तै अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रु तीन करोड २१ लाख ७० हजार १६० व्यापार (ग्रस कलेक्सन) गरेको छ । यसका ९० हजार ९४७ टिकट बिक्री भएका छन् । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

 

फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ ले सबैभन्दा कम रु दुई करोड १३ लाख ६४ हजार ६९२ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा छ । 

 

उक्त चलचित्रको ६८ हजार ३२ टिकट बिक्री भएबापत सो व्यापार भएको हो । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गर्नुभएको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धिरज मगर, प्रकाश सपुतलगायत  कलाकारले अभिनय गरेका छन् ।

 

पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएपछि यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्रकर्मीको भनाइ छ । यद्यपि व्यापारको तथ्याङ्क हेर्दा अघिल्लो दसैँको तुलनामा यसपटक चलचित्रहरूको व्यापार उत्साहजनक हुन सकेको छैन । 


# चितवन खबर # मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

बढ्दो उमेरले अनुभवी बनाएको छ : अभिनेत्री बसुन्धरा भुसाल

December 14, 2025

वरिष्ठ गायक आनन्द कार्की भारतको शान्तिवनमा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

October 25, 2025

बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

October 19, 2025

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

October 12, 2025

कस्तो छ दसैँका अवसरमा प्रदर्शनरत तीन चलचित्रको व्यापार ?

October 01, 2025

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

July 15, 2025

गुरुपूर्णिमाका अवसरमा कलाकार सम्मानित

July 11, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .