वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड

काठमाडौँ। वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
 
    
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताउनुभयो ।
 
    
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताउनुभयो । विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उहाँको गुनासो थियो ।
 
    
वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राख्नुभयो ।
 
    
सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा
सिद्धार्थ उद्योग वाणिज्य संघमा अधिकांश पदाधिकारी निर्विरोध
काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, २० वटा थपिने
बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ
केपी ओली एफसी र मछिन्द्र क्लब दोस्रो सेमिफाइनलमा आज भिड्दै
आउँदो बैशाख शाख २५ गतेदेखि २७ गतेसम्म चितवनमा पहिलो पटक घर बनाउने मेला हुँदै
त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा
चितवनको मनै लोभ्याउने रिसोर्ट लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट
स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन
६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
पर्साका एसपी गौतम मिश्रको एक महिना : तस्करीमा आक्रामक, ८ करोड बढीको राजश्व
सुन तोलाको २२ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट
देउवाले बोलाए काँग्रेसका शिर्ष नेताको बैठक
राजनीति र समाजसेवामा लागेकी लक्ष्मी अधिकारी
शैक्षिक क्षेत्रमा स्थापित नाम टेकबहादुर श्रेष्ठ
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
६.१ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक
आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले मनाउँदै
५५ बर्षिया ‘बुलेट आमा’ को सहासलाई काठमाडौँ महानगरको सम्मान
१२ दिनको उपचारपछि पोखरा फर्किए मेयर आचार्य
सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से
दुई सिफ्टमा अपरेशन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
जापानका व्यवसायीलाई नेपालमा थप लगानी गर्न अर्थमन्त्रीको आग्रह
गृहमन्त्री लेखकले कोशी प्रदेशका संघीय सांसदहरुसँग केबलकार विवाद बारे छलफल गर्दै
उर्जामन्त्रीलाई कुलमानको जवाफ- उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन
सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री ओली
राष्ट्रपति पौडेलद्वारा ग्याल्पो लोसारको शुभारम्भ
दुई दिने शैक्षिक मेला आयोजना गर्दै काठमाडौं महानगरपालिका
रिसाएर हिँडेका नारायणकाजी फेरि माओवादी अभियानमा मिसिए
नेमकिपाको आठौं महाधिवेशन फागुन १६–१९ सम्म भक्तपुरमा हुने
रारा तालको किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .