वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड

काठमाडौँ। वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
 
    
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताउनुभयो ।
 
    
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताउनुभयो । विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उहाँको गुनासो थियो ।
 
    
वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राख्नुभयो ।
 
    
सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री
चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
को हुन् नेपाल प्रहरीको नयाँ आइजिपीमा दीपक थापा ?
प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता निराजन बम रिहा
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु
चितवन कारागारमा एक सय पचास भन्दा बढी दीर्घरोगी
मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ : प्रधानसेनापति
स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन
हरिप फ्याउरा र सरिप बाघ
पुर्वपदाधिकारीहरुलाई सुबिधा दिने कानुनको गगन थापाले गरे विरोध
निगमले घटायो इन्धनको मुल्य
चितवन सभागृह निर्माणको गति सुस्त
राष्ट्रिय युवा संघ नेपाल भरतपुर ५ को रक्तदान कार्यक्रम सम्पन्न
सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला रु चार हजारले बढ्यो
योजना आयोगका पदाधिकारीसँग छलफल : गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
ज्ञानेन्द्र शाहीको प्रचण्डलाई चेतावनी- भट्किला झुठा भाषण गर्दै हिडेमा नेपाली जनताले माफी दिने छैनन्
प्रचण्डको 'धेरै चुरीफुरी' नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी
स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान
शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित
देशभरका ८४ क्याम्पसमा स्ववियुको नेतृत्व निर्विरोध
त्रिचन्द्र कलेजको स्ववियुमा नेविसंघबाट सभापति तीन जनाको मनोनयन दर्ता
संविधान र व्यवस्थाप्रति प्रतिबद्ध छौं : गगन थापा
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री ओली
वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त
विश्वव्यापी शेयर बजारमा गिरावट
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .