वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड

काठमाडौँ। वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
 
    
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताउनुभयो ।
 
    
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताउनुभयो । विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उहाँको गुनासो थियो ।
 
    
वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राख्नुभयो ।
 
    
सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटाको बढुवा
बालेनको घरमा पुगेर प्रचण्डले भने- सबै मिलेर यो देश बनाउनु छ !
नेपाल बारको निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धन हुने
सुनको मुल्य ९०० ले बढ्यो, कति छ आज कारोबार मूल्य ?
स्ववियु निर्वाचन शान्तिपुर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओलीलाई 'हिटलर' भन्ने प्रश्न सोध्ने पत्रकारको संसद पास निलम्बन
चिकित्सक  संघका अध्यक्षहरूबारे लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन
दाङको कार्यक्रम रोकिएपछि दुर्गेशले भने- उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो !
भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार
नयाँ प्रशिक्षक रसले छाने सिंगापुर र मलेसियाविरुद्ध खेल्ने प्रारम्भिक ३० खेलाडी
बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?
नेपाल युवा रेडक्रस सर्कल ओम शान्ति एकेडेमीले फागुन २३ गते खुल्ला रक्तदान कार्यक्रम गर्ने
यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
पारस शाहको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित
गोरखामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते
'गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक'
सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान
कांग्रेस सभापति देउवा पुगे रुपन्देही
आज सुनचाँदीको मुल्य कति छ ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरीमा हालसम्मकै धेरै यात्रु आवागमन
‘नो केवलकार’ समूहलाई सरकारले पत्र पठाएन, गृहमन्त्रीले संसदबाटै गरे वार्ताको आह्वान
युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध छ : प्रधानमन्त्री ओली
ब्लड क्यान्सर पीडित कार्कीलाई समाजसेवी भट्टद्धारा खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग
च्याम्पियन्स ट्रफी: आज भारत र न्यूजील्याण्ड खेल्दै
प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने
गोरखाको पद यात्रामा सावधान रहन सशस्त्र प्रहरीको आग्रह
भैरहवामा पहिलो पटक न्युरो विज्ञान सम्मेलन
रियल बेटिससँग रियल म्याड्रिड पराजित
कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .