इ चितवन खबर
August 25, 2026
विराटनगर। सुशील कोइराला फाउण्डेशन विराटनगरले हरेक वर्षझैँ यस वर्ष पनि हरितालिका तीजको अवसरमा दिदीबहिनी तीज मिलन कार्यक्रम–२०८३ आयोजना गर्ने भएको छ। शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रमसहित तीज मिलन कार्यक्रम आयोजना गर्न लागिएको हो।
फाउण्डेशन विराटनगरकी अध्यक्ष मृदुला कोइरालाको अध्यक्षतामा हुने कार्यक्रममा अभिनेत्री गौरी मल्ल प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ। कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित सदावहार बरिष्ठ गायक आनन्द कार्की र गायिका जालुमाया गुरुङ अतिथिका रूपमा सहभागी हुनेछन्।
कार्यक्रम भदौ १३ गते शनिबार दिउँसो १२ बजेदेखि विराटनगरको बरगाछी–४ स्थित मनासलु पार्टी प्यालेसमा आयोजना हुने आयोजकले जनाएको छ।
तीजको मौलिक संस्कृति, परम्परा र आपसी सद्भावलाई निरन्तरता दिने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। साथै, कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसहित शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम समेत हुने जनाइएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 09, 2026
February 02, 2026
January 09, 2026
December 14, 2025
October 25, 2025
October 19, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
July 15, 2025
August 25, 2026
August 22, 2026
August 21, 2026
August 21, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .