इ चितवन खबर
September 26, 2026
काठमाडौं। निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण तथा निर्देशन भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आचार्य’ले प्रदर्शनको पहिलो दिन नै दर्शकको उल्लेख्य साथ पाएको छ । असोज ९ गते शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले देशभर झरीका बीच पनि उत्साहजनक अकुपेन्सी कायम गरेको हो ।
‘आचार्य’ले शुक्रबारदेखि नै देशभरका हलमा उल्लेख्य शो पाएको थियो । शनिबार दोस्रो दिनका लागि पनि देशभरको बुकिङ प्लेटफर्म खल्तीमा मात्रै ९६ शो उपलब्ध छन् । खल्तीमा समावेश नभएका सिंगल थिएटर तथा अन्य हलहरूमा समेत ५० भन्दा बढी शो रहेको निर्माण पक्षले जनाएको छ । यसअनुसार देशभर झन्डै १५० भन्दा बढी शोसहित ‘आचार्य’ प्रदर्शन भइरहेको छ ।
शुक्रबार देशभर वर्षाका कारण जनजीवन प्रभावित भए पनि काठमाडौंसहित देशभरका हलमा चलचित्रले औसत अकुपेन्सी कायम गरेको थियो । राजधानीबाहिरका दुई दर्जनभन्दा बढी हलमा भने ‘आचार्य’का शो हाउसफुल भएको निर्माण पक्षको भनाइ छ ।
पहिलो दिनको दर्शक प्रतिक्रियाबाट उत्साहित अभिनेता तथा निर्देशक निखिल उप्रेतीले व्यापारभन्दा पनि प्रतिकूल मौसमका बीच दर्शक हलसम्म पुगिदिनुलाई ठूलो माया भएको बताएका छन् ।
‘व्यापारभन्दा पनि झरीको बेला दर्शक हाम्रो लागि हलसम्म आइदिनुभएको छ । योभन्दा ठूलो माया के हुन सक्छ र ?’ पानीमा रुझेर काठमाडौंका अधिकांश हलमा दर्शकको खचाखचले मन छोएको छ । अझै साथ सपोर्टको आशा राखेको छु । निखिलले भने ।मौसममा सुधार आएसँगै देशभरका दर्शकलाई एकपटक ‘आचार्य’ हेरेर आफ्नो मनको प्रतिक्रिया दिन निखिलले आग्रह गरेका छन् ।
‘धेरै ठूलो अपेक्षा बोकेर आचार्य नहेर्नुस् । नेपालीपन र नेपाली परिवेशमा यति धेरै एक्सन भएको चलचित्र बनाएको छु । एकपटक एक्सनको कोणबाट हेरेर मनन गरिदिनुस्, कन्टेन्ट पनि पक्कै पाउनुहुनेछ,’ उनले भने ।
पहिलो दिन दर्शकबाट पाएको साथ र मायाले आफू उत्साहित रहेको बताउँदै निखिलले वर्षाका कारण पहिलो दिनको अवस्थालाई ध्यानमा राखेर देशभरका दर्शकलाई चलचित्रलाई साथ दिनसमेत आग्रह गरेका छन् ।
‘पहिलो दिनको साथ र मायाले म उत्साहित छु । झरीका कारण पहिलो दिनको अवस्थालाई पनि ध्यानमा राखेर देशभरका सबै दर्शकलाई आचार्यलाई सपोर्ट गरिदिनुहुन अनुरोध गर्दछु,’ निखिलले भने ।
‘आचार्य’ निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र हो । चलचित्रको निर्देशन पनि निखिल उप्रेतीकै रहेको छ । ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्रमा निखिलको एक्सन अवतारसँगै नेपाली परिवेशमा प्रस्तुत गरिएको कथालाई केन्द्रमा राखिएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 31, 2026
August 25, 2026
August 25, 2026
April 09, 2026
February 02, 2026
January 09, 2026
December 14, 2025
October 25, 2025
October 19, 2025
October 12, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .