इ चितवन खबर
March 02, 2025
भैरहवा। लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेश र नेपाल पक्षघात संघको आयोजनामा भैरहवामा पहिलोपटक प्रदेशस्तरीय न्युरो विज्ञान सम्मेलन भएको छ ।
देश विदेशमा प्रयोगमा भएको चिकित्सा विज्ञान, अनुसन्धान र अपडेटबारे चिकित्सा क्षेत्रमा जानकारी दिने उद्देश्यले भैरहवामा सम्मेलन गरिएको लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष डा. विषणुप्रसाद पौडेलले जानकारी दिए । नेपालमा विभिन्न विषयमा यस्तो सम्मेलन हुने गरे पनि यो चिकित्सकहरुलाई सहजताका लागि सम्मेलन गरिएको उनले बताए ।
सम्मेलनले मुख्यतया न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक, कान, घाँटी, साइक्याट्रिक, ग्यास्ट्रो, रेडियोलोजी, आँखालगायतको उपचार क्षेत्रमा सहयोग पु¥याउने र यसको छिटो समस्या समाधान गर्नका सहयोगी बनेको कार्यक्रम संयोजक डा.सुवास ज्ञवालीले बताए सम्मेलनमा नेपालका विभिन्न क्षेत्रमा प्रदेशका विभिन्न अस्पताल तथा क्लिनिकहरुमा कार्यरत दुई सयभन्दा बढी डाक्टरहरुको सहभागिता थियो । सम्मेलनमा नेपालसहित भारत र थाइल्याण्डलगायतका विशेषज्ञ कन्सल्टटेन्टहरुले प्रयोग गरेको विषय र पछिल्लो प्रणलीबारे १८ वटा कार्यपत्र प्रस्तुत गरेको कार्यक्रम संयोजक डा. प्रकाश भट्टराईले बताए ।
सोसाइटी दुई वर्षदेखि मेडिकलसँग सम्बन्धित रही उपचारमा सहजताका लागि थुप्रै कार्यक्रम गर्दे आएको सासाइटीका महासचिव सरोज थापाले बताए । अहिले विभिन्न क्षेत्रका फिजीसियनहरुलाई केन्द्रित गरी न्युरोसम्बन्धी कार्यक्रम गरिएको छ । सम्मेलनले नेपाल सरकारले टाउकोको नशा सुकेर हुने समस्याको समाधानका लागि लाग्ने औषधि निःशुल्क विभिनन अस्पतालमा दिने व्यवस्था गरेकोमा त्यसको उचित प्रयोग गर्दै भएको ज्ञान सीपसँगै सम्मेलनमा लिएको अनुभव र ज्ञानलाई आप्नो अस्पतालमा गएर प्रयोग गर्नेमा सहजता प्रदान गर्नु रहेको भट्टराईले बताए।
सम्मेलनको पूर्वसन्ध्यामा नेपालमा पक्षघातसम्बन्धी रोगको अवस्था, उपचार पद्धति, सुधार र समस्या समाधानको विषयमा गोष्ठीसमेत गरिएको थियो । नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट, बोहरिंगर इन्गेलहाइम तथा लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको संयुक्त सहयोगमा गोष्ठी आयोजना गरिएको संस्थाले जानकारी दिएको छ । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष डा. लेखजंग थापाले तालिमपश्चातको उपचारले विरामीको नतिजा राम्रो हुने बताए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 29, 2026
September 28, 2026
September 25, 2026
September 22, 2026
September 13, 2026
August 22, 2026
August 21, 2026
August 14, 2026
August 06, 2026
August 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .