इ चितवन खबर
March 02, 2025
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १७ का ३९ बर्षीय खड्क बहादुर कार्कीलाई वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।
भट्टले क्यान्सर पीडित कार्कीको घरमै पुगेर चामल दाल, तेल, का साथै उनका बालबालिकालाई कापी,कलम, झोला, कपडा हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण पछि प्रतिक्रिया दिदै भट्टले कार्कीको आर्थिक अवस्था नाजुक र बिरामी भएको सुनेपछि सहयोग गर्न आएको बताउनु भयो ।
‘काम गरेर खुवाउने मान्छेनै बिरामी भएको सुनें । मेरो सहयोगले यो परिवारको दैनिकीमा केही सहज हुन्छ कि भनेर सहयोग सामाग्री लिएर आएको हुंँ ।’ समाजसेवी भट्टले भन्नुभयो । आफूले २० बर्षदेखि गरीब दखी, बेसाहारा तथा शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग गर्दै आएको बताउंँदै सहयोगको लागि अन्य दाताहरुसंँग पनि आग्रह गर्नुभयो । ‘तपाईहरुको सानो सानो सहयोगले उहांँले नयांँ जीवन पाउनुहुन्छ भने देश विदेशमा रहेका दाजुभाई दिदी बहिनीले जति सक्नुहुन्छ सहयोग गर्दिनुस । भट्टले आग्रह गर्नुभयो । ’
कार्की झण्डै १ बर्षदेखि ब्लड क्यान्सर देखिएको थियो । एकछाक पनि खान धौधौ पर्ने उहांँको परिवारलाई दाताको सहयोगबाट उपचार गरिंँदै आएको थियो । तर पछिल्लो समय चिकित्सकले केमो लगाउन ४ लाख खर्च लाग्ने बताएपछि उपचार गर्न नसकेर कार्कीलाई घर फर्काइएको थियो ।
क्यान्सरपीडित खड्ककी पत्नी लक्ष्मी कार्कीले परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले उपचार गर्न नसकी अस्पतालबाट फर्किएको बताउनु भयो । ‘डाक्टरहरुले पहिला चढाएको केमोले काम नगरेको र केमो अर्को लगाउनुपर्छ भन्नुभयोे, लक्ष्मीले भन्नुभयो, हामीलाई एकछाक टार्न त मुश्किल छ त्यत्रो पैसा कहांँबाट ल्याउने ?’ कार्कीका आमा, श्रीमती र ४ जना छोराछोरी सहित ७ जनाको परिवार छ । सम्पत्तिको नाममा एउटा सानो जस्ताले छाएको घर छ । बिरामी हुनु अघि कार्की घर तथा भवनमा वेल्डिङ्गको गरेर परिवार पाल्दै आएका थिए । पछिल्लो एकबर्षदेखि लक्ष्मीले दैनिक ज्याला मजदुर गरेर जेनतेन परिवार पाल्दै आएकी छिन । ’परिवारमा उहांँनै हुनुहुन्थ्यो हामीलाई पाल्ने पोषण गर्ने , लक्ष्मीले भन्नुभयो, अहिले म बच्चाबच्ची हुर्काउने कि, उहांँलाई हेर्ने कि काम गर्ने बिचल्ली भएको छ ।‘ आफ्नो श्रीमानको उपचारको लागि सहयोग गर्न समेत उहांँले सबैलाई आग्रह गर्नुभयो ।
बिरामी कार्कीले आफ्नो बांँच्ने रहर भएकोले उपचारको लागि सहयोग गर्दिन आग्रह गर्नुभयो । ’मर्ने रहर त कसलाई हुन्छ र, मलाई बचाईदिनुहोस, म मरें भने मेरा बालबच्चा पनि मर्छन ।’ उहांँले बिलौना गर्दै भन्नभयो । एकबर्षअघि उहांँको शरीर भरी गिर्खा , धब्बा र असहज भएपछि शंका लागेर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर देखिएको थियो । छिमेकीहरु केही सहयोग रकम जुटाएर उहांँको ८ पटकसम्म केमो थेरापी गरिएको थियो । पछिल्लो समय स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले केमो परिवर्तन गर्न सुझाव दिएका थिए । पैसा नभएपछि हाल कार्की घरकै बिछ्यौनामा रोगसंँग लडिरहनु भएको छ । उहांँको उपचारमा यसअघि ४ लाख बराबर खर्च भईसकेको र थप केमोथेरापी गर्न ४ लाख लाग्ने चिकित्सकले बताएका छन । हाल कार्कीको उपचारको लागि आर्थिक संकलन अभियान थालिएको छ । उहांँको खड्क बहादुर कार्की नाम रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १६२०१००५५४०५९०१० मा रकम पठाएर वा माथी फोटोमा राखिएको क्यु आर कोड मार्फत रकम पठाएर सहयोग गरिदिन आग्रह गरिएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 03, 2026
October 03, 2026
October 02, 2026
October 01, 2026
October 01, 2026
September 30, 2026
September 30, 2026
September 30, 2026
September 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .