आज ‘द एभरेष्ट टक शो’ को सातौँ शृङ्खला प्रसारण हुँदै

इ चितवन खबर

August 01, 2026

चितवन । शिक्षा, बाल्यकाल, व्यक्तित्व विकास तथा प्रेरणादायी जीवनयात्रालाई केन्द्रमा राखेर तयार पारिएको लोकप्रिय कार्यक्रम ‘द एभरेष्ट टक शो’ को सातौँ शृङ्खला आज श्रावण १६ गते, शनिबार प्रसारण हुँदैछ।


एभरेष्ट प्रिस्कुल, भरतपुर–१२, थानीचोक, चितवन को प्रस्तुतिमा तथा फोटो फ्याक्ट्री को निर्माण रहेको यस कार्यक्रमको सञ्चालन लोकप्रिय रेडियो प्रस्तोता महिमा पाण्डी भट्टराईले गर्नुभएको छ भने निर्देशन गणेश राना ले गर्नुभएको हो।


यस सातौँ शृङ्खलाकी विशेष अतिथि महिला उद्यमी तथा नारायणगढस्थित यामाहा शोरुमकी प्रोप्राइटर सुनिता लिगल कर्मचार्य रहनुभएको छ। कार्यक्रममा उहाँसँग नेपालको अटोमोबाइल व्यवसायको वर्तमान अवस्था, उद्यमशीलताको यात्रा, बाल्यकालका अनुभव, त्यतिबेलाको शैक्षिक वातावरण तथा अहिले आफ्ना सन्ततिको शिक्षण प्रणालीबीच देखिएका परिवर्तन र फरक पक्षबारे विशेष संवाद गरिएको छ। साथै बदलिँदो शिक्षा प्रणाली, अभिभावकको भूमिका र समयअनुसार शिक्षामा आएको रूपान्तरणबारे पनि रोचक तथा प्रेरणादायी कुराकानी प्रस्तुत गरिएको छ।


कार्यक्रमको भिडियो ब्रोडकास्टिङ पार्टनर नारायणी अनलाइन, अडियो ब्रोडकास्टिङ पार्टनर कालिका एफएम ९५.२ मेगाहर्ज तथा प्रिन्ट मिडिया पार्टनर चितवन पोस्ट दैनिकी रहेका छन्। त्यसैगरी सपोर्टेड बाइ स्टार्स मन्टेश्वरी एकेडेमी, कालिका टिभी एचडी, चितवन खबर र चितवन आज रहेका छन्।

‘द एभरेष्ट टक शो’ हरेक शनिबार साँझ ७:०० बजे नारायणी अनलाइन, राति ८:०० बजे कालिका टिभी एचडी तथा राति ९:०० बजे कालिका एफएम ९५.२ मेगाहर्ज मार्फत प्रसारण हुँदै आएको छ। कार्यक्रमको पुनःप्रसारण हरेक बुधबार हुने गर्दछ।


शिक्षा, समाज, उद्यमशीलता र प्रेरणादायी व्यक्तित्वहरूसँगको अर्थपूर्ण संवाद प्रस्तुत गर्दै आएको ‘द एभरेष्ट टक शो’ ले समाजमा सकारात्मक सोच, गुणस्तरीय शिक्षा र अनुभव आदानप्रदानको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहेको छ।


# चितवन खबर

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .