जनताको विश्वास, आशा-भरोसाको केन्द्र नेपाल प्रहरी : आइजिपी कुँवर

इ चितवन खबर

March 11, 2025

रौतहट । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँरले नेपाली नागरिकको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरी संगठन जनताको विश्वास र आशा-भरोसाको केन्द्र रहेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवनको उद्घाटन गर्दै सोमबार आइजिपी कुँवरले उक्त विचार राखेका हुन्। 


जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच कुँवरले भवनको उद्घाटन गरे। उनले नेपाल प्रहरीको संगठन स्थापनाकाल देखि नै अपराध अनुसन्धानसँगै शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको रक्षा तथा विपदमा उद्धारका लागि अग्रपङ्क्तिमा रहेर जनताको भरोसाको केन्द्र बनेको बताए।


जिल्ला प्रहरी कार्यालय रौतहटको सुविधा सम्पन्न भवन निर्माणले जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूको थप जिम्मेवारीसँगै सबैमा ऊर्जा थपिएको उनले बताए। नयाँ भावनाबाट प्रहरी मात्र नभई सेवाग्राहीसमेत लाभान्वित हुनेछन्।


देशका २ हजार ६६० प्रहरी कार्यालयमध्ये १८६९ को मात्र आफ्नो भवन रहेको छ। ३७० प्रहरी कार्यालय भाडाको घरमा सञ्चालन गरिएको छ भने ४२१ कार्यालय अन्य निकायको भवनमा सञ्चालन गरिएको आइजीपी कुँअरले जानकारी गराएका थिए।


त्यसैगरी, मधेश प्रदेशमा ३९५ प्रहरी कार्यालयमध्ये २९५ को आफ्नो भवन १०० पुरानो तथा जीर्ण भवनमा सञ्चालन गरिएको छ। रौतहट जिल्लाको हकमा ४६ प्रहरी कार्यालय रहेकोमा ४२ को भवन छ, जसमध्ये ३० वटाको आफ्नो जग्गा छैन।


यसमा प्रदेश सरकार, स्थानीय निकाय र नागरिकको ध्यान जानु जरुरी रहेको कुँवरले बताए। कम साधन स्रोतको बाबजुद यस्तो अवस्थामा पनि रौतहट प्रहरीले धार्मिक सांस्कृतिक पर्व तथा कार्यक्रममा दुई समुदायबीचको वर्षौंदेखिको विवाद समाधानदेखि जघन्य अपराधको सफल अनुसन्धान, महिला तथा बालबालिकाको सुरक्षा लगायत गरेको सेवा प्रदान अतिनै सन्तोषजनक रहेको भन्दै कुँवरले सराहना गरेका थिए।


उद्घाटन कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी लालमणि आचार्य, गौर नगरपालिकाका मेयर शम्भु साह, रौतहटका सिडिओ विनोदकुमार खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले स्वागत मन्तव्यमा नवनिर्मित भवन मात्र नभई शान्ति सुरक्षा दिने प्रतीक भएको भन्दै यसबाट नयाँ ऊर्जा मिलेको बताए।


उनले प्रवृधिमैत्री, शून्य सहनशीलता, तस्करी नियन्त्रणमा कठोर भएर काम गर्दै जाँदा विगतको तुलनामा ५५ प्रतिशत अपराधमा कमी आएको स्पष्ट पारेका थिए।


मधेश प्रहरी कार्यालयका इन्जिनियर तथा एसपी ईश्वर खड्काले भवन निर्माणको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रहरी प्रधान कार्यालयको कुल १७ करोड,६४ लाख २७ हजार ६२८ रुपैयाँको लागतमा दुई चरणमा जिल्ला प्रहरी कार्यालयको भवन निर्माण भएको बताएका थिए।


पहिलो चरणमा तुलसी भक्त कन्स्ट्रक्सन प्रालि बालकुमारी ललितपुर र दोस्रो चरणमा परदेज सुरेन्द्र जेभि बालकोट भक्तपुर ले जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक भवन, हिरासत भवन , कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, भान्साघर, होजियारी, सैलुन, चमेना गृह, र स्वागत कक्ष निर्माण गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .