क्यान्सर अस्पताल भरतपुरले थप सेवा विस्तार गर्दै

इ चितवन खबर

April 08, 2025

चितवन। बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले थप सेवा विस्तार गर्ने भएको छ । क्यान्सरका बिरामीहरुलाइ मध्यनजर गर्दै अस्पतालले सेवा विस्तार गर्न लागेको जनाएको छ । अस्पतालले PET CT, CYCLOTRON AND BONE MARROW TRANSPLANTATION उपकरणहरु छिट्टै सन्चालनमा ल्याइ आफ्नो सेवालाइ बिरामीको पहुँचमा पुर्‍याउने योजना बनाइएको अस्पताल सन्चालक समितिका अध्यक्ष डा बिजयराज न्यौपानेले बताए । 


अस्पतालले सोमबार PET CT, CYCLOTRON AND BONE MARROW TRANSPLANTATION सम्बन्धि आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) सम्बन्धि मस्यौदा प्रतिवेदन माथिको सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरेको छ । सार्वजनिक सुनुवाइमा सम्बन्धित क्षेत्रका बिषयगत बिज्ञहरु,जनप्रतिनिधिहरु र स्थानीयहरुको सहभागिता रहेको थियोे । अस्पतालले सहभागीहरुबाट प्राप्त भएका राय सुझावहरुलाई टेकेर उक्त सेवा विस्तार गर्ने भएको हो । 


कार्यक्रममा बोल्दै वातावरण बिज्ञ प्रकाश किरणगज थापाले अस्पतालले विस्तार गर्न लागेको आयोजनाले स्थानीय स्तरमा प्रतिकुल समस्या नपार्ने प्रष्ट पारे । उनले   यस्ता खालका उपकरणहरुबाट निस्कने विकिरणले स्थानीय स्तरमा असर पुर्‍याउन सक्ने सम्भावना रहने हुँदा त्यस तर्फ अस्पतालले निगरानीका पुर्‍याएको पनि बताए । 


अर्का वातावरण इन्जिनियर अशोक काफ्ले र उत्सव भट्टराईले यसबाट वातावरणमा कुनै असर नपर्ने बताए । उनिहरुले भने,यो प्रविधिले वातावरणलाई असर नगर्ने गरि डिजाइन गरिएको छ । 


भरतपुर ७ का अध्यक्ष राजेन्द्र मणि काफ्लेले सेवा विस्तार गर्नु उदाहरणीय कार्य भएको बताउदै यसबाट स्थानीयलाई उपेक्षित गर्न नहुने तर्क राख्नु भयो । उहाँले अस्पताल प्रशासन बिरामी प्रती जवाफदेहिता नभएको उल्लेख गर्दै दुखीको सेवामा लाग्न आग्रह समेत गर्नु भयो । अध्यक्ष काफ्लेले अस्पतालको हसपिस कसका लागि हो भनेर प्रशासन समक्ष प्रती प्रश्न समेत गरे । 


कार्यक्रममा भरतपुर ४ का अध्यक्ष अर्पण पोख्रेल,सदस्य बिजय सापकोटा,विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु,छिमेकी टोल बिकास सस्थाका अध्यक्ष एवं सदस्यहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियोे । रमेश राज पाण्डेले सन्चालन गर्नुभएको कार्यक्रम अस्पताल सन्चालक समितिका अध्यक्ष डा बिजयराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियोे । 


प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व बिशेस्वर प्रसाद कोइरालाको क्यान्सर रोगका कारण निधन भएपछि गरिव तथा निमुखा जनताले क्यान्सर रोगको सर्वसुलभ उपचार स्वदेश भित्रै गर्न पाउन भन्ने उदेश्यका साथ उक्त अस्पताल खोलिएको थियोे । तत्कालीन समयमा उनका भाइ गिरिजा प्रसाद कोइराला प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमण जादा नेपालमा एक उच्चस्तरीय क्यान्सर अस्पताल बनाउन नेपाल र चीन बिच सहमति भएको थियोे । उक्त सहमति अनुसार चिनिया सरकारले अस्पतालको भौतिक पूर्वाधार निर्माण गर्न र प्राविधिक सहयोग गर्न सम्झौता गरेको थियो । जसअनुसार तत्कालीन श्री ५ को सरकारको गठन आदेश अनुसार २०४९ सालमा डक्टर सुन्दरमणि दीक्षितको अध्यक्षतामा डक्टर सम्पूर्णनन्द ढुङ्गाना सदस्य सचिव रहनेगरी परियोजना व्यवस्थापन समितिको गठन भई अस्पतालको वैधानिक संरचना सुरु भएको थियो। सुरुका दिनमा ५० सैयाबाट सेवा सुरु गरेको यस क्यान्सर अस्पताल हाल ४५० सैयामा सञ्चालन भएरहेको छ। 


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

August 14, 2026

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

August 06, 2026

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

August 06, 2026

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

August 03, 2026

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

July 31, 2026

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

July 30, 2026

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

July 23, 2026

एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा

July 21, 2026

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

July 21, 2026

एक वर्षमा २७४ जनामा डेङ्गु

July 16, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .