इ चितवन खबर
February 24, 2025
चितवन । भरतपुर अस्पतालले चिकित्सक सँगको परामर्शको लागि नयाँ अपोइन्टमेन्ट प्रणाली लागू गरेको छ।
अस्पतालका मेसु प्रा.डा कृष्णप्रसाद पौडेलले एक सुचना जारी गर्दै अब बिरामीहरूले आफूले चाहेको चिकित्सकसँग परिक्षण गराउनका लागि अग्रिम बुकिङ गर्न सक्ने बताउनुभएको छ। बिरामीहरूले आफ्नो नाम, ठेगाना र उमेर सहित एसएमएस अथवा वाट्सएप मार्फत ९८५५०१९१६० नम्बरमा म्यासेज पठाउन सक्नेछन्, वा कार्यालय समयमा सोही नम्बरमा फोन गरेर पनि बुकिङ गर्न सकिने सुचनामा उल्लेख छ ।
बिरामीको अनुरोध प्राप्त भएपछि, दिन र समय निर्धारण गरी सम्बन्धित बिरामीलाई जानकारी दिइनेछ। यस व्यवस्थाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा सहयोग पुर्याउने मेसु डा पौडेलको अपेक्षा छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 29, 2026
September 28, 2026
September 25, 2026
September 22, 2026
September 13, 2026
August 22, 2026
August 21, 2026
August 14, 2026
August 06, 2026
August 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .