फिल्म ‘टीका’ को शुभमुहूर्त

इ चितवन खबर

May 15, 2026

काठमाडौं। फिल्म ‘टिका: स्टेटलेस सोल’ को शुभमुहूर्त भएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा बिहीबार कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्कृप्ट पूजा गरिएको छ। फिल्मको छायांकन भने यसै साताबाट सुरु हुनेछ। भविष्य फिल्मस् प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म आगामी तीजको अवसरमा भदौ २६ गतेबाट रिलिज हुनेछ। 


कार्यक्रममा बोल्दै निर्माता भविष्य खड्काले सामाजिक रूपमा विभिन्न विभेद् खेप्नुपरेको महिलाको गम्भीर कथामा चलचित्र बन्न लागेको बताइन्। पछिल्लो ब्लकबस्टर ‘जेरी अन टप’ निर्माता समेत रहेकी खड्काले फिल्मबाट प्राप्त अनुभव, भोगाइ र सिकाइले ‘टीका’  निर्माणमा जुटेको बताइन्। खड्का दशैँ रिलिज तोकिएको चलचित्र ‘बाटुलो जुन’ को समेत निर्माता हुन्।

 

शंकर कार्कीको निर्देशनमा बन्ने यसल फिल्मलाई महिला प्रधान चलचित्र भनिएको छ। फिल्ममा  प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकाललगायतको अभिनय छ। कार्यकारी निर्माता तेजविक्रम केसी हुन्।चलचित्रको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने पटकथा विश्वास तिम्सिना (बिटी कान्छा) को रहेको छ। चलचित्रमा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्री को संगीत रहनेछ। नरेन्द्र मैनाली सिनेमाटोग्राफर छन्।

 

कार्यक्रममा कलाकारहरूले चलचित्रको विषयवस्तु, टिमको ऊर्जा र आफ्नो भूमिकाबारे धारणा राखेका थिए। अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा सिवाकोटीले यो चलचित्र आफूहरूको करियरकै एक विशेष चलचित्र रहेको बताए। 

 


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

हिमालयन इन्टरनेशनल अवार्ड सिक्किमको राभाङ्लामा सम्पन्न, अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधाना सम्मान

July 24, 2026

‘प्रज्वलको गोली’ म्युजिक भिडियो सार्वजनिक

June 24, 2026

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान

June 20, 2026

अन्तरराष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’

June 16, 2026

असामान्य जोडीको कथामा ‘गौँथली’

June 01, 2026

विदेशमा शाखा विस्तार गर्दै चलचित्र पत्रकार सङ्घ

June 01, 2026

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

June 01, 2026

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

June 01, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 02, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .