इ चितवन खबर
May 10, 2026
काठमाडौँ।सरकारले सरकारी र निजी अस्पतालको अनुगमन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले डा रोशन न्यौपानेको नेतृत्वमा विशेष टोली परिचालन गरेको हो ।
टोलीले सरकारी तथा निजी अस्पतालहरूको दैनिक अनुगमनलाई उच्च प्राथमिकताका साथ तीव्रता दिएको मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिनुभयो । यसै अभियानअन्तर्गत गत हप्ता कान्तिबाल अस्पताल र अल्का अस्पतालमा छड्के अनुगमन गरिएको छ ।
हाल सघन सुपरीवेक्षण र सुधारका लागि सचेत गराउने कार्य भइरहे पनि अनुगमनका क्रममा तोकिएको मापदण्ड र गुणस्तरमा कुनै पनि कमजोरी वा लापरबाही भेटिएमा जिम्मेवार अधिकारीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही अगाडि बढाउने गरी मन्त्रालयले नियमनमा पछिल्लो समय निकै कडाइ गरेको छ ।
अस्पतालको अनुगमनलगत्तै अब फार्मेसीलगायत स्वास्थ्य सेवा प्रवाह हुने अन्य सबै केन्द्रमासमेत अनुगमनलाई तीव्र पार्ने मन्त्रालयको तयारी छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 29, 2026
September 28, 2026
September 25, 2026
September 22, 2026
September 13, 2026
August 22, 2026
August 21, 2026
August 14, 2026
August 06, 2026
August 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .