इ चितवन खबर
March 17, 2026
चितवन। वित्तीय साक्षरता सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नारायणगढका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले आज प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन्।नारायणगढको शहिदचोकबाट सुरु गरिएको प्रभातफेरी नगरको मुख्य बजार क्षेत्र परिक्रमा गर्दै भरतपुरस्थित बिरेन्द्र क्याम्पसमा पुगेर समापन गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले वित्तीय अनुशासन, बचतको महत्व, डिजिटल बैंकिङको सुरक्षित प्रयोग लगायतका सन्देशमूलक नारा प्रदर्शन गरेका थिए। कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले वित्तीय साक्षरताको महत्वबारे मन्तव्य राख्दै सर्वसाधारणलाई जिम्मेवार आर्थिक व्यवहार अपनाउन आग्रह गरे। उनले बचत गर्ने बानी, लगानीको सही छनोट तथा वित्तीय ठगीबाट जोगिने उपायबारे समेत जानकारी दिएका थिए।
उक्त कार्यक्रम विश्व वित्तीय सप्ताह २०२६ (Global Money Week 2026) को अवसरमा आयोजना गरिएको हो। ‘Smart Money Talks’ भन्ने मूल नारालाई आत्मसात गर्दै देशभरका बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
March 17, 2026
March 17, 2026
March 17, 2026
March 17, 2026
March 17, 2026
March 16, 2026
March 16, 2026
March 15, 2026
March 15, 2026
March 15, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .