ओम शान्ति एकेडेमीको आयोजनामा "दोस्रो अन्तर विद्यालय फुटसल कप-२०८२" हुँदै

इ चितवन खबर

June 07, 2025

चितवन । चितवनको भरतपुर-१० मा रहेको ओम शान्ति एकेडेमीको आयोजनामा "दोस्रो अन्तर विद्यालय फुटसल कप-२०८२" हुने भएको छ । यही जेठ ३१ गतेदेखि विद्यालयको फुटसल मैदानमा हुने प्रतियोगितामा कक्षा १० (एसइई) दिएका विद्यार्थीहरु सहभागी हुनसक्ने विद्यालयले जनाएको छ । 

 

प्रतियोगितामा सहभागिताका लागि विद्यालयमा खबर गरिएको भन्दै विद्यालयका प्राचार्य टेकबहादुर श्रेष्ठले निःशुल्क रुपमा टिम दर्ता गर्न सकिने बताउनुभयो । एसइई दिएका विद्यार्थीहरुको प्रवेश पत्र टिम दर्ता गर्ने बेला बुझाउनु पर्ने भन्दै उहाँले जेठ ३० गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने बताउनुभयो । टिम दर्ता गर्ने बेला तीन जना अतिरिक्त खेलाडी सहित आठ जनाको नाम दर्ता गराउनुपर्ने उहाँको भनाइ छ । 

 

टिम दर्ता गराउँदा खेलाडी सँगै एक जना शिक्षक र प्रशिक्षकको नामावली समेत बुझाउनुपर्ने उहाँको भनाइ छ । प्रतियोगितामा भाग लिने विद्यालयले आफ्नो खेलाडीका लागि आफैले फुटसल जर्सी र जुत्ता उपलब्ध गराउनु पर्ने भन्दै कक्षा १० भन्दा तल्लो तहका विद्यार्थी टिममा राखेमा टिमलाई नै अयोग्य घोषणा गरिने उहाँले बताउनुभयो । 

 

प्रतियोगिताको विजेता टिमलाई रु.१० हजार तथा उपविजेता टिमलाई रु पाँच हजार पुरस्कार सहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । त्यस्तै उत्कृष्ट खेलाडी, शीर्ष स्कोरर र उत्कृष्ट गोलकिपरलाई समेत पुरस्कार प्रदान गरिने श्रेष्ठको भनाइ छ । 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

September 23, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

September 23, 2026

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

September 23, 2026

“लुलु लेडिज ब्यूटी पार्लर” को नारायणघाट शाखा सञ्चालनमा

September 22, 2026

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

September 22, 2026

चौबिसकोठीमा आधा घण्टा प्रदर्शन

September 22, 2026

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

September 22, 2026

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

September 18, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .