इ चितवन खबर
March 03, 2025
काठमाडौँ । नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्युजिक भिडिओमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडिओमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् ।
आज काठमाडौँस्थित जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा निर्देशक तिमिल्सेनाले गीत सुनेपछि यसलाई भिडिओमा ल्याउने आइडिया आएको बताए ।
उनले भने,‘म प्रवासमा रहेता पनि नेपाली गीतसङ्गीतसँग टाढिन सकेको छैन । हामी एउटा ग्रुप बनाएर बेलाबखतमा गाउने र प्राक्टिस गर्ने गर्छौं । सोही क्रममा साथी भुवनले गीत सुनाउनु भएपछि यसलाई नेपाल आएर भिडिओ बनाएर सार्वजनिक गर्ने सल्लाह भएको थियो । आज सोही अनुसार हामीले गीत र भिडिओ सार्वजनिक गरेका छौं ।’
उनले गीत निकै कर्णप्रिय रहेको भन्दै भिडिओ पनि सक्दो मेहनत गरेर तयार गरेको बताए । कुलेखानी र आसपासका रमणीय दृश्यमा छायांकन गरिएको गीतमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेता पुष्पले गीत नसुन्दै आफूले काम गर्ने सहमति दिएको बताए ।
उनले भने,‘फिरोज र सहारालाई मैले दर्पण छायाँमा नै भेटेको हो । सुरुआती दिनमा भेटिएर बसेको मित्रता अहिले पनि उस्तै छ । अहिले पुनः एकसाथ काम गर्न पाउँदा मैले पुराना दिनलाई स्मरण गरें । गीत पनि निकै मिठो छ, हामीले अडियोलाई न्याय दिने किसिमको काम गरेका छौं, जस्तो लागेको छ ।’
आठ वर्षपछि पुनः गीतमा देखिन पाउँदा आफू उत्साहित रहेको पुष्पले बताए । अभिनेत्री कार्कीले पहिलो फिल्ममा काम गर्दा भेटेको पुष्पमा उही सरलता र मेहनतीपन देखिएको भन्दै प्रसंसा गरिन् ।
उनले भनिन्,‘पहिलो फिल्म देखि अहिलेसम्म पनि पुष्पसँग काम गर्दा कम्फर्ट फिल हुन्छ । उ अहिले पनि उस्तै लगनशील छ । उसको मेहनतले म जस्तो कलाकारलाई काम गर्ने उर्जा मिल्छ । यो गीत मैले भुवनजी मार्फत सुनेकी थिएँ । मलाइ मन परेको हो, अहिले काम गर्न पाउँदा खुसी लागेको छ ।’
अभिनेत्री कार्कीले अभिनयलाई म्युजिक भिडिओ र चलचित्रमार्फत निरन्तरता दिने बताइन । भिडिओमा अर्जुन तिवारीले छायांकन, विकास दाहालले सम्पादन, राजेन्द्र मोक्तानले रङग संयोजन, ज्योति केसीले शृंगार गरेका छन् ।
गीतक सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक नवल नेपाल, गायक सनुप पौडेल, र्यपार हाकिम गुरुङ, प्रोजेक्ट हेद कुवेर डंगोल लगायत उपस्थित थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 24, 2026
June 24, 2026
June 20, 2026
June 16, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
May 15, 2026
May 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .