इ चितवन खबर
June 20, 2026
काठमाडौँ। वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान गरिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ प्रदान गर्न आयोजित समरोहमा अभिनेता श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा नगदराशि रु तीन लाख ७५ हजारसहित अभिनेता श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गर्नुभयो ।
साथै, उक्त पुरस्कार समारोहमा गत वर्ष विसं २०८२ मा प्रदर्शन भएर राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सहभागी भएका चलचित्रमध्येबाट निर्णायक समितिद्वारा छनोट भएका चलचित्र र कलाकर्मीलाई पुरस्कृत गरिएको छ ।
उक्त समारोहमा सर्वोत्कृष्ट चलचित्र ‘ऊनको स्वीटर’, निर्देशक नवीन चौहान (ऊनको स्वीटर), अभिनेता नीर शाह (परान), अभिनेत्री मिरुना मगर (ऊनको स्वीटर), लेखन दीपकप्रसाद आचार्य र यम थापा (परान), छायाङ्कन पदमबहादुर श्रेष्ठ (कोशेढुङ्गा), सम्पादन नकुल खड्का (कोशेढुङ्गा), आदिवासी जनजातितर्फको सर्वोत्कृष्ट चलचित्र ‘इन्दिरा धिमे मैचा’ विजेता घोषित हुनुभएको छ । उहाँहरूलाई नगदराशि रु २५ हजारसँगै प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै, चलचित्र ‘नाकछोङ्ग’लाई विशेष चलचित्र पुरस्कार प्रदान गरिएको थियो । यस्तै, निर्णायक समिति प्रोत्साहन पुरस्कारमार्फत अभिनेत्री आना शर्मा (रमिताको पिरती) र नवकलाकार विमोचन दवाडी (झरीपछिको इन्द्रेणी)लाई प्रदान गरिकेको थियो । विशेष चलचित्रलाई नगदराशि रु दुई लाख र प्रोत्साहन पुरस्कार प्राप्त गर्ने कलाकर्मीलाई जनही रु २५ हजार प्रदान गरिएको थियो ।
यस्तै, मरानोपरान्त चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलालाई नगदराशि रु ५० हजारसहित ‘विशेष योगदान सम्मान २०८२’ प्रदान गरिएको थियो । स्वर्गीय सिटौलाको सम्मान उहाँका पिता गोकर्ण सिटौलाले ग्रहण गर्नुभएको थियो ।
निर्माता विष्णुगोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता डाक्टरसिंह गुरुङ, चलचित्र पत्रकार प्रकाश सुवेदी, अभिनेता रोहित रुम्बा, कलाकार अञ्जिला तुम्बापो सुब्बा, कलाकार लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, निर्माण नियन्त्रक शङ्कर पाण्डेलाई समेत ‘विशेष योगदान सम्मान २०८२’ प्रदान गरिएको थियो ।
उहाँहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीको कामलाई प्रोत्साहन गर्न बोर्डले बर्सेनि पुरस्कार प्रदान गर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले अहिले बक्स अफिसमार्फत चलचित्रको व्यापार सार्वजनिक गरिरहेका छौँ, मूल्याङ्कन गरिरहेका छौँ । पछिल्लो दुई वर्षमा एक अर्ब बढीको व्यापार नेपाली चलचित्रले गरेको छ । यसले अब संस्कृतिकसँगै देशलाई आर्थिक रूपमा पनि योगदान दिइरहेको प्रस्ट्याएको छ । हाम्रो चलचित्र ऐन छिटै आउँदैछ, आउँदा दिन नेपाली चलचित्रका लागि राम्रो हुनेमा विश्वस्त छौँ ।”
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
June 16, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .