अन्तरराष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’

इ चितवन खबर

June 16, 2026

काठमाडौँ । चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन अघि नै अन्तरराष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ ।


नेपाली चलचित्रको विदेशी बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ ले पनि लगातार अन्तरराष्ट्रिय माग प्राप्त गर्दै आफ्नो बजार प्रवर्द्धनलाई जोड दिएको छ ।  उक्त चलचित्रको निर्देशन तथा कथा लेखन माओत्से गुरुङले गर्नुभएको हो । उहाँका अनुसार चलचित्रको प्रदर्शन मिति सार्वजनिक हुनु अघि नै बेलायत र हङ्कङ्का प्रदर्शन अधिकार बिक्री भइसकेका छन् । 


बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको उहाँले जानकारी दिनुभयो । त्यसको निरन्तरता स्वरूप अहिले चलचित्रको अष्ट्रेलिया र न्यूजिल्यान्ड प्रदर्शन अधिकारसमेत बिक्री भएको उहाँले बताउनुभयो । 


दि ब्याक ईभेन्ट्सले अष्ट्रेलिया र न्यूजिल्याण्डको लागि प्रदर्शन अधिकार खरिद गरेको हो । यससँगै ‘पेन्सन पट्टा’ ले प्रदर्शनअघि नै विभिन्न अन्तरराष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ । 


यसअघि माओत्से गुरुङले निर्माण गरेका ‘पुरानो डुङगा’ र ‘दयारानी’ ले स्वदेशसँगै विदेशमा पनि राम्रो चर्चा बटुलेका थिए । त्यसैले ‘पेन्सन पट्टा’ प्रति विदेशी वितरक तथा नेपाली डायस्पोराको चासो उल्लेखनीय रूपमा बढेको निर्देशक गुरुङको विश्वास छ ।


चलचित्रको कथा खुदी खोलाको किनारमा रहेको सुकुमवासी बस्तीमा बस्ने आमा–छोरा छलु र राजनको जीवन सङ्घर्षमा केन्द्रित छ ।  चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, वुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

रौनक हराउँदै लमजुङका चलचित्र हल

October 02, 2026

मौसम खुल्यो, ‘आचार्य’ले देखायो आशा, झरीका बीच पहिलो दिन दर्शकको उल्लेख्य साथ

September 26, 2026

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

September 13, 2026

वरिष्ठ गायक आनन्द कार्कीले दैवी प्रकोप उद्धार कोषमा गरे आर्थिक सहयोग

August 31, 2026

भदौ २५ गते डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले आउने

August 25, 2026

विराटनगरमा सुशील कोइराला फाउण्डेशनको दिदीबहिनी तीज मिलन कार्यक्रम हुने

August 25, 2026

चितवनकी गायिका एश्वर्णा श्रेष्ठको " जहिले देखि" सार्वजनिक

August 20, 2026

हिमालयन इन्टरनेशनल अवार्ड सिक्किमको राभाङ्लामा सम्पन्न, अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधाना सम्मान

July 24, 2026

‘प्रज्वलको गोली’ म्युजिक भिडियो सार्वजनिक

June 24, 2026

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान

June 20, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .