‘प्रज्वलको गोली’ म्युजिक भिडियो सार्वजनिक

इ चितवन खबर

June 24, 2026

चितवन । डनको कथावस्तुमा आधारित म्युजिक भिडियो ‘प्रज्वलको गोली’ सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा दक्षिण भारतीय चलचित्रको झल्को दिने आकर्षक द्वन्द दृश्य समावेश गरिएको छ । गीतमाशब्द, संगीत तथा स्वर प्रज्वल मगरातीको रहेको छ ।


भिडियोमा कलाकार प्रज्वल मगराती मुख्य भूमिकामा देखिएका छन् । उनीसँगै सुरेश चौधरी, भुलन चौधरी, अजय श्रेष्ठ, युबराज बराल, एननाथ अधिकारी, प्रशान्त अर्याल, आरजी भिलेन, साका डन, लिला नेपाली, भक्त थापा, बिनोद गुरुङ, मनोज चौधरी, किरण क्षेत्री, सरोज मैनाली, जुँगा बहादुर सुनार, आयुष सुनार, प्रविन सुनार, विशेष तामाङ र प्रविन घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ । त्यसैगरी अतिथि कलाकारका रूपमा लक्ष्मण नेपाल र एमिमा नेपाली को समेत सहभागिता रहेको छ ।


भिडियोको सिनेमेटोग्राफी मनोज चौधरीले गरेका हुन् भने छायांकनका लागि आवश्यक उपकरण ब्ल्याक डायमण्ड पिक्चर्स ले उपलब्ध गराएको छ । भिडियोको कन्सेप्ट सुरेश चौधरी को रहेको छ । आभाष राना ले डिओपी, ग्राफिक्स, एसएफएक्स तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।


भिडियोको द्वन्द्व निर्देशन तथा समग्र निर्देशन आरके श्री ले गरेका हुन् । एक्सन, कथा र दृश्य संयोजनलाई विशेष प्राथमिकता दिइएको भिडियोले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने निर्माण टिमको अपेक्षा रहेको छ ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

रौनक हराउँदै लमजुङका चलचित्र हल

October 02, 2026

मौसम खुल्यो, ‘आचार्य’ले देखायो आशा, झरीका बीच पहिलो दिन दर्शकको उल्लेख्य साथ

September 26, 2026

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

September 13, 2026

वरिष्ठ गायक आनन्द कार्कीले दैवी प्रकोप उद्धार कोषमा गरे आर्थिक सहयोग

August 31, 2026

भदौ २५ गते डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले आउने

August 25, 2026

विराटनगरमा सुशील कोइराला फाउण्डेशनको दिदीबहिनी तीज मिलन कार्यक्रम हुने

August 25, 2026

चितवनकी गायिका एश्वर्णा श्रेष्ठको " जहिले देखि" सार्वजनिक

August 20, 2026

हिमालयन इन्टरनेशनल अवार्ड सिक्किमको राभाङ्लामा सम्पन्न, अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधाना सम्मान

July 24, 2026

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान

June 20, 2026

अन्तरराष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’

June 16, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .