संचारकर्मी बिना “एभरेस्ट एक्सिलेन्ट अवार्ड” बाट सम्मानित

इ चितवन खबर

August 25, 2026

काठमाडौँ । सञ्चार तथा मनोरञ्जन क्षेत्रमा दुई दशकदेखि सक्रिय बिना श्रेष्ठ ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। काठमाडौँमा आयोजित समारोहमा सञ्चार, कला तथा मनोरञ्जन क्षेत्रमार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको हो।

 

सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय श्रेष्ठले कार्यक्रम निर्माण, प्रस्तुति तथा निर्देशनका क्षेत्रमा महत्वपूर्ण अनुभव हासिल गरेकी छन्। निरन्तरको मेहनत, सिर्जनशीलता र सक्रियताका कारण उनले नेपाली सञ्चार क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छन्।

 


श्रेष्ठले प्राइम टेलिभिजनमा दुई वर्षसम्म चिफ एक्जिक्युटिभ प्रोड्युसर (Chief Executive Producer) का रूपमा समेत काम गरेकी छन्। टेलिभिजन कार्यक्रम निर्माण तथा व्यवस्थापनमा हासिल गरेको अनुभवले उनको सञ्चार यात्रालाई थप समृद्ध बनाएको छ।

 

श्रेष्ठ आफ्नै नामबाट चर्चित ‘द बिनाज शो’ सञ्चालन तथा निर्देशन गर्दै आएकी छन्। कार्यक्रममा उनले विभिन्न क्षेत्रका कलाकार, सञ्चारकर्मी, व्यवसायी तथा अन्य व्यक्तित्वसँग संवाद गर्दै उनीहरूको जीवन, संघर्ष, अनुभव र सफलताका कथालाई दर्शकमाझ प्रस्तुत गर्दै आएकी छन्। कार्यक्रम प्रस्तोता र निर्माताका रूपमा मात्र नभई श्रेष्ठ एक कुशल निर्देशकका रूपमा समेत परिचित छन्। ‘KAN Vanity Secrets’, ‘Newlook The Mirror’ र ‘संघर्ष’ लगायतका कार्यक्रमको निर्देशन तथा व्यवस्थापनमा उनले भूमिका निर्वाह गरेकी छन्। साथै, विभिन्न ब्रान्डका ब्रान्डिङ तथा प्रचार–प्रसारसम्बन्धी गतिविधिमा समेत उनको सक्रियता रहँदै आएको छ।

 

सञ्चार तथा मनोरञ्जन क्षेत्रसँगै व्यावसायिक क्षेत्रमा समेत सक्रिय श्रेष्ठ हाल TBS Media को Chairperson का रूपमा जिम्मेवारी सम्हालिरहेकी छन्। लामो समयको अनुभव र निरन्तरको सक्रियतामार्फत उनले सञ्चार क्षेत्रका नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुका साथै नेपाली कला, मनोरञ्जन र सञ्चार क्षेत्रलाई समाजसँग जोड्ने काम गर्दै आएकी छन्।

 

आफ्नो योगदानको कदर गर्दै प्राप्त सम्मानले आगामी यात्राका लागि थप ऊर्जा र प्रेरणा मिलेको श्रेष्ठले बताएकी छन्। दुई दशक लामो सञ्चार यात्रालाई निरन्तरता दिँदै आगामी दिनमा पनि सिर्जनात्मक तथा सामाजिक क्षेत्रमा सक्रिय रहने उनको लक्ष्य रहेको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भोटेकोशी बाढी : सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

August 26, 2026

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

August 26, 2026

मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च

August 26, 2026

बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह

August 26, 2026

भदौ २५ गते डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले आउने

August 25, 2026

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

August 25, 2026

विराटनगरमा सुशील कोइराला फाउण्डेशनको दिदीबहिनी तीज मिलन कार्यक्रम हुने

August 25, 2026

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

August 22, 2026

स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरमा ६० खेलाडीको उत्साहपूर्ण सहभागितामा २०८३ को पहिलो ग्रेडिङ टेस्ट हुँदै

August 21, 2026

भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल

August 21, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .