इ चितवन खबर
October 19, 2025
काठमाडौँ । चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहेका १७८ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । चाबहिलस्थित बोर्डको सभा हलमा आययोजित एक विशेष समारोहमा बोर्डका अध्यक्ष दिनेश डिसी, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला लगायतले उक्त परिचयपत्र प्रदान गरेका हुन् ।
अध्यक्ष डिसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान रहेको भएको बताउँदै अन्तरराष्ट्रियस्तरमा मान्यता दिलाउने विश्वास व्यक्त गरे । उनले भने, “चलचित्रकर्ममा जीवन समर्पित गर्नुभएका चलचित्रकर्मीलाई राज्यले दिएको यो एउटा पहिचान हो । यसको महत्त्व विस्तारै प्रस्टिनेछ । साथै, हामी स्वास्थ्य बिमाको सुविधा थपेका छौँ । आगामी दिनमा उक्त कार्डवापत प्राप्त हुने सुविधा क्रमशः थपिनेछन् ।”
परिचयपत्र प्राप्त गर्नेमा २० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिकहरू रहेका छन्। उनीहरूलाई रु ७५ हजार बराबरको स्वास्थ्य बिमा सुविधासमेत सुरू गरिएको बोर्डले जनाएको छ । परिचयपत्र प्राप्त गर्ने मध्येका एक कलाकार गोपाल ढकाल ‘छन्दे’ ले राज्यले पहिचान दिएको आभाष भएको बताए । उनले भने, “हामीलाई राज्यले चलचित्रकर्मी भनेर पहिचान स्थापित गरिदिएको छ । जीवन यसमा समर्पण गरेका हामीले राज्यले दिएको पहिचानले उत्साह थपेको छ । यसले कलाकारिता यात्रालाई अगाडि बढाउन प्रेरणा दिन्छ ।”
उक्त कार्यक्रममा कलाकार सुशान्तकुमार श्रेष्ठ, प्राविधिक अमित श्रेष्ठ, गीतकार दयाराम पाण्डे, सम्पादक निमेष श्रेष्ठ, निर्देशक वसन्त शर्मा अधिकारी, सम्झना उप्रेती रौनियार लगायत १७८ जनाले २० वर्ष र सोभन्दा बढी चलचित्रकर्म गरेवापत परिचय पत्र प्राप्त गरे।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 09, 2026
February 02, 2026
January 09, 2026
December 14, 2025
October 25, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
July 15, 2025
July 11, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .