इ चितवन खबर
July 11, 2025
काठमाडौँ। गुरुपूर्णिमाको अवसर पारेर कलाकारलाई सम्मान गरिएको छ । अभिनेत्री मिथिला शर्माले नेपाल पूर्वप्रहरी कलाकार सङ्घमार्फत विभिन्न विधाका कलाकर्मीलाई सम्मान गर्नुभएको हो ।
यहाँ प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न सङ्घको प्रथम वार्षिकोत्सव तथा दोस्रो स्रष्टा सम्मान कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई ‘राजपाल थापा नृत्य साधना सम्मान २०८२’, साहित्यकार रमण घिमिरेलाई ‘चेतन कार्की गीति वाङ्मय सम्मान २०८२’, वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङलाई ‘गोपाल योञ्जन सङ्गीत साधना सम्मान २०८२’ र वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई ‘हाडा एन्ड पाल हास्य वाङ्मय सम्मान २०८२’ मार्फत सम्मान गरिएको सङ्घकी सल्लाहकारसमेत रहनुभएकी अभिनेत्री शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गुरूहरूको सम्झनामा स्थापना गरिएको सम्मानमार्फत कलाका विभिन्न विधामा योगदान दिनुभएका कलाकर्मीलाई सम्मान गर्न पाउँदा निकै खुसी छु । अभिनय, गायन र नृत्यका मेरा गुरुहरूलाई गुरु दक्षिणास्वरुप यो सम्मान स्थापना गरेकी हुँ । गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन । तर पनि उहाँहरूको नाममा केही गरेर सदा आशीर्वाद पाइरहुँजस्तो लाग्छ ।”
उहाँले सङ्गीतकार गुरुङ देश बाहिर रहेका कारण उहाँको सम्मान उहाँका छोरा रजय गुरुङले ग्रहण गर्नुभएको जानकारी दिनुभयो । सम्मान ग्रहण गर्नुभएपछि अभिनेत्री भुसालले २०२३ सालमा श्रीमान् र आफ्नो भेट प्रहरी क्लबमै नृत्य गर्ने क्रममा भएको स्मरण गर्दै गर्नुभयो ।
उहाँले भन्नुभयो, “म श्रीमान् प्रहरी भएकै कारण उहाँको साथले कलाकारितामा अगाडि आउन सकेकी हुँ । मैले अभिनय गर्दा ‘जोकर्नी’ भनेर हेपिन्थ्यो । तर यहीँ क्षेत्रबाट यो उच्च सम्मान पाउँदा अन्य विभिन्न सम्मानभन्दा निकै महत्त्वपूर्ण सम्मान पाएको महसुस गरेकी छु ।” उक्त कार्यक्रममा प्रहरी कलाकारहरूले विभिन्न गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
February 02, 2026
January 09, 2026
December 14, 2025
October 25, 2025
October 19, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
July 15, 2025
July 01, 2025
February 19, 2026
February 19, 2026
February 19, 2026
February 19, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .